१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मसलादार खानेकुरा खाँदा गहिरो खोकी, महिलाको करङ भाँचियो…

२५ मंसिर २०७९, आईतवार ०८:११

मङ्सिर २५, काठमाडौँ | पिरो र मसालेदार खान खाएका कारण एक महिलालाई असाध्यै खोकी लाग्यो । उनलाई यति बेस्सरी खोकी लाग्यो कि उनका चारवटा करङ भाँचिए । यसबारे उनले केही दिन पछि थाहा पाइन्, जब उनी डाक्टरलाई भेट्न गइन् ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार हुवाङ थर भएकी उनलाई पहिला पनि बेस्सरी खोकी लाग्ने गर्दथ्यो तर यसपटक खोक्दा भने उनले आफ्नो छातीबाट केही भाँचिएको जस्तो आवाज सुनेकी थिइन् ।

सुरुमा त खासै केही समस्या छैन होला भनेर उनले सोचिन् तर केही दिन पछि उनलाई बोल्दा र सास फेर्दा दुख्न थाल्यो ।


सिटी स्क्यान गर्दा हुवाङको चारवटा करङ भाँच्चिएको पत्ता लाग्यो । डाक्टरले उनको छाती वरपर एक महिनाका लागि ब्यान्डेज लगाउनुपर्ने र आराम गरेर बस्नुपर्ने बताए ।

डाक्टरले करङ सामान्य तरिकाले भाँच्चिनुको मूल कारण उनको शरीरको तौल जिम्मेवार रहेको बताए । उनको तौल असामान्य रुपमा कम थियो ।

पाँच फिट ६ इन्चकी उनको तौल ५७ केजी मात्रै थियो । हुवाङका अनुसार उनको शरीरको माथिल्लो भाग असामान्य रुपमा दुब्लो छ जसका कारण उनको करङ मज्जाले देखिन्छ ।

‘तिम्रो करङ छाला मुनी मज्जाले देख्न सकिन्छ । हड्डीलाई सपोर्ट गर्ने मासु नै छैन, त्यसैले पनि तिमीले खोक्दा करङ भाँचिन सजिलो भयो,’ नाम नखुलाइएका डाक्टरले उनलाई भने ।

करङको चोट निको भएपछि उनले आफ्नो शरीरमा मांसपेशी बढाउन र माथिल्लो भागको तौल बढाउन उचित व्यायाम गर्ने बचन डाक्टरहरुलाई दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह