2026-07-26 05:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फुटबल: फाइनल प्रवेशका लागि आज अर्जेन्टिना र क्रोएसिया भिड्दै

मङ्सिर २७, काठमाडौँ | कतारमा जारी विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज (मंगलबार) हुँदैछ । सेमिफाइनलको पहिलो खेलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्नेछ । कतारको लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ मा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै क्रोएसिया लगतार दोस्रो पटक विश्वकपको फाइनल पुग्ने योजनामा हुनेछ । सन् २०१८ मा रुसमा भएको विश्वकपमा क्रोएसिया फाइनल खेलमा फ्रान्ससँग पराजित भएको थियो । क्रोएसिया उपविजेतामै सीमित भएकाले यो पटक फेरि फाइनल पुगेर उपाधि उचाल्ने दाउमा छ । क्रोएसियाका कप्तान लुका मोड्रिच पनि आफ्नो अन्तिम विश्वकप यादगार बनाउने योजनामा छन् । 

त्यस्तै, अर्जेन्टिना सन् २०१४ पछि पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाउने योजनामा छ । अर्जेन्टिना उक्त विश्वकपको फाइनलमा जर्मनीसँग १-० ले पराजित हुँदै उपविजेतामा सीमित भएको अर्जेन्टिना यसपटक च्याम्पियन बन्ने दाउमा छ । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीको करियरको अन्तिम विश्वकप भएकाले पनि मेसी आफ्नो टिमलाई उपाधि जिताउँदै अन्तर्राष्ट्रिय खेल जीवनलाई सुखद अन्त्य गर्न चाहन्छन् । 

दुई पटकको विश्व विजेत बनेको अर्जेन्टिना तेस्रो उपाधि पनि जित्ने योजनामा हुनेछ । अर्जेन्टिनाले सन् १९७८ र १९९६ को विश्वकप जितेको थियो ।

अहिलेसम्मको नतिजा हेर्दा अर्जेन्टिना र क्रोएसिया पाँच पटक भिडेका छन् । पाँच खेलमा क्रोएसिया र अर्जेन्टिना दुवैले दुई-दुई खेल जितेका छन् भने एक खेल बराबरीमा टुंगिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली