मङ्सिर २८, काठमाडौँ | कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । कतार विश्वकपको दोस्रो सेमिफाइनलमा खेलमा फ्रान्सले मोरक्कोको सामना गर्नेछ। कतारको अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल नेपाली समय आनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
आजको खेलमा साविक विजेता फ्रान्स जित निकाल्दै दोस्रो पटक विश्वकपको फाइनल पुग्ने योजनामा हुनेछ | सन् २०१८ मा रुसमा भएको विश्वकपमा क्रोएसियालाई फाइनल खेलमा फ्रान्सले हराउदै विजय भएको थियो र यो पटक फेरि फाइनल पुगेर उपाधि उचाल्ने दाउमा छ ।
त्यस्तै अफ्रिकी राष्ट्र मोरक्को पहिलो पटक विश्वकपको सेमिफाइनल पुगेको र यो जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् ।
यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएर उपाधि नजिक पुगिसकेको छ।