५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरक्कोका प्रशिक्षक भन्छन् : हामी दावेदार होइनौं तर, जित्न सक्छौं

२८ मंसिर २०७९, बुधबार ०८:०४

मङ्सिर २८, काठमाडौँ | मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुईले इतिहार रच्ने आफ्नो टिमका लागि विश्वकप पुग्नुमा मात्र सन्तुष्ट हुन नहुने बताएका छन् । बुधबार हुने विश्वकप दोस्रो सेमिफाइनलमा फ्रान्सलाई स्तब्ध पार्ने आशा उनको छ ।

फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको ९२ वर्षको इतिहासमा पहिलोपल्ट अरब र अफ्रिकी देश सेमिफाइनलमा पुगेको हो ।

‘हामी थुप्रै विश्वस्तरीय खेलाडी र एक निकै उत्कृष्ट प्रशिक्षकका साथ विश्व च्याम्पियनसँग खेल्न गइरहेका छौं,’ मोरक्कन राष्ट्रिय टिमका पूर्व खेलाडीसमेत रहेका रेग्रागुईले पत्रकार सम्मेलनमा भने, ‘हामी उत्कृष्ट फुटबल खेल्नेछौं र उनीहरुलाई कमजोर बनाउने प्रयास गर्नेछौं । हामी विश्वकप फाइनलमा किन नपुग्ने ? हामी सपना देख्न सक्छौं । सपना देख्नका लागि कुनै खर्च लाग्दैन ।’


क्लब करिअरमा फ्रान्सेली टोली टोउलोसबाट खेलेका रेग्रागुईका अनुसार उनको टिम विश्वकपको उपाधि दावेदार नहुनाका बाबजुद अझै ठूलो सफलताका लागि भोको छ । ‘यो नै पर्याप्त हो भन्ने मलाई लाग्दैन । मलाई थाहा छ, हामी प्रतियोगिताको दावेदार टिम होइनौं तर, हामी आत्मविश्वासी छौं,’ उनले थपे, ‘अरव देश र अफ्रिकी देशका लागि हामी भिड्न जाादैछौं ।’

मोरक्कोले विश्वकप सेमिफाइनलसम्मको मार्गमा बेल्जियम, स्पेन र पोर्चुगलजस्ता महाशक्ति देशहरुलाई पराजित गरेको छ । पाँच खेलमा उसले एक गोलमात्र खाएको छ । त्यो पनि आत्मघाती गोलमार्फत ।

कतारमा आफ्नो आश्चर्यजनक सफलताअघि यो टिम सन् १९८६ मा केवल एकपल्ट विश्वकपको नकआउट चरणमा पुगेको थियो । त्यतिबेला अन्तिम १६ को खेलमा पोर्चुगलसँग पराजित थियो ।

४७ वर्षीय प्रशिक्षकले बुधबार हुने खेलका लागि टिम भावनाका साथसाथ सामरिक र मानसिक रुपमा तयार हुनु महत्वपूर्ण हुने बताए । ‘हरेक खेलमा सबैले आफ्नो उच्च प्रदर्शन दिन चाहन्छन् । हामी एक एकतावद्ध भावनाका साथ सामुहिक खेल खेल्नेछौं,’ प्रशिक्षक रेग्रागुई भन्छन्, ‘मेरो विचारमा यो खेलभन्दा महत्वपूर्ण पक्ष हो ।’

उनले आफ्नो टिमको समर्थकको भूमिका पनि फ्रान्सजस्तो टिमविरुद्ध खेल्दा महत्वपूर्ण हुने बताए । ‘हामीसँग संसारकै सबैभन्दा शानदार समर्थक छन् । सायद ब्राजिल र अर्जेन्टिनाका समर्थकहरु पनि छन् । उनीहरु आफ्नो देशको समर्थनका लागि संसारभरबाट आएका छन् र हामीलाई मन पराएका छन्,’ प्रशिक्षकले भने ।

डिफेण्डर रोमन सिसेसहित मोरक्कोका केही खेलाडी चोटग्रस्त छन् र फ्रान्ससँगको निर्णायक खेलमा उनीहरुलाई कठिन हुनसक्छ । यो खेल बुधबार राती पौने १ बजे दोहाको अल बेयट रंगशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने