2026-07-26 05:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोल्डेन बुट होडमा ४ खेलाडी, मेस्सी सबैभन्दा अगाडि

मङ्सिर २९, काठमाडौँ । २२औं संस्करणको विश्वकप फुटबलको विजेता आइतबार टुंगो लाग्नेछ । उपाधिका लागि अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुने पक्का भइसकेको छ । आइतबार उपाधिमात्र होइन, व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका लागि गोल्डेन बुट, गोल्डेन बल, गोल्डेन ग्लोभ्स र योङ प्लेअर अवार्ड पनि राखिएको हुन्छ ।

गोल्डेन बुट भने प्रतियोगिताभर सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिन्छ । एक भन्दा बढी खेलाडीले समान गोल गरेमा गोल असिस्ट (गोल गर्न अर्को खेलाडीलाई सहयोग गरेको) गणना गरिन्छ । गोल र असिस्ट पनि समान भए विश्वकपमा कम समय खेलेको आधारमा विजेता छानिनेछ । धेरै गोल गर्नेमा दोस्रो हुनेले सिल्भर बल र तेस्रो हुनेले ब्रोन्ज बल पाउनेछन् ।

यसपटकको विश्वकपमा गोल्डेन बुटको होडमा भने चार खेलाडी छन् । जसमा अर्जेन्टिनाका २ र फ्रान्सका २ जना छन् । अर्जेन्टिनाका कप्तान लिओनल मेसी र फ्रान्सका किलिएन एमबाप्पेले सर्वाधिक ५ गोल गरेका छन् भने फ्रान्सकै ओलिभर जिरुड र अर्जेन्टिना युलियन अल्भारेजले समान ४ गोल गरेका छन् । सम्भवत: यी चारमध्ये एक खेलाडीले गोल्डेन बुट जित्नेछन् । यस्तै एक जनाले सिल्भर र एक जनाले ब्रोन्ज बल जित्नेछन् ।

सेमिफाइनलको खेलपछि अर्जेन्टिनाका कप्तान मेसी गोल्डेन बुटको होडमा सबैभन्दा अगाडि छन् । नकआउट चरणको क्वार्टरफाइनल र सेमिफाइनलमा एमबाप्पेले गोल गर्न नसकेपछि मेसीले उनलाई भेट्टाएका छन् । मेसी र एमबाप्पेले समान ५ गोल गरेका छन् तर असिस्टमा मेसी अगाडि छन् । मेसीले ३ गोल असिस्ट गर्दा एमबाप्पेले २ असिस्ट गरेका छन् । अब यी दुईबीच फाइनल खेलमा पनि गोल गर्दै अवार्ड जित्नका लागि टक्कर हुनेछ ।

मेसीले नकआउट चरणको तीनवटै खेलमा गोल गरे । समूह चरणमा ३ गोल गरेका एमबाप्पेले भने नकआउट चरणको अन्तिम १६ मा मात्र गोल गरे । उनले अन्तिम १६ मा पोल्याण्ड विरुद्ध २ गोल गरेका थिए । ३५ वर्षीय मेसीले अहिलेसम्म खेलेका ६ मध्ये ५ खेलमा गोल गरेका छन् । समूह चरणमा साउदी अरेबियासँग पेनाल्टीबाट पहिलो गोल गरेका मेसीले मेक्सिको विरुद्ध एक गोल र एक असिस्ट गरे । पोल्याण्डविरुद्ध भने मेसीले पेनाल्टीमा पनि गोल गर्न सकेनन् । मेसीले अन्तिम १६ मा अष्ट्रेलियाविरुद्ध गोल गरेका थिए । यस्तै क्वार्टरफाइनलमा नेदरल्याण्ड्स र सेमिफाइनलमा क्रोएसिया विरुद्ध मेसीले १ गोल र १ असिस्ट नै गरे ।

२३ वर्षीय युवा स्टार एमबाप्पेले समूह डी को पहिलो खेलमा अष्ट्रेलियाविरुद्धको खेलमा गोलको खाता खोलेका थिए भने दोस्रो खेलमा डेनमार्कविरुद्ध दुई गोल गरे ।समूह चरणको तेस्रो खेलमा ट्युनिसिया विरुद्ध भने वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले गोल गर्न सकेनन् । फ्रान्सले अन्तिम १६ मा पोल्याण्डलाई ३-१ ले पराजित गर्दा एमबाप्पेले दुई गोल गरे । तर क्वार्टरफाइनलमा फ्रान्सले इंग्ल्याण्डलाई हराउँदा भने उनले गोल गर्न सकेनन् । हाल गोल्डेन बुटको दाबेदारीमा दोस्रो स्थानमा रहेका एम्बाप्पेले लिओनल मेसी भन्दा थोरै मिनेट खेलेका कारण पनि गोल्डेन बुट होडमा दाबेदारको रुपमा छन् । एमबाप्पेले अष्ट्रेलिया र पोल्याण्डविरुद्धको खेलमा एक-एक गोल असिस्ट गरेका थिए ।

मेसी र एमबाप्पेलाई गोल्डेन बुटको होडमा पछ्याइरहेको अर्जेन्टिनाका युलियन अल्भारेज र फ्रान्सका ओलिभर जिरुडले समान ४ गोल गरेका छन् । दुवैले असिस्ट भने गरेका छैनन् । पोल्याण्डविरुद्ध गोलको खाता खोलेका अल्भारेजले अन्तिम १६ मा अष्ट्रेलिया विरुद्ध १ गोल गरेका थिए । सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० ले हराउँदा भने उनले दुई गोल गरेका थिए । यस्तै जिरुडले समूह चरणमा पहिलो खेलमै अष्ट्रेलियाविरुद्ध दुई गोल गरेका थिए । समूहका बाँकी दुई खेलमा उनले गोल गरेनन् । अन्तिम १६ मा पोल्याण्ड र क्वार्टरफाइनलमा इंग्ल्याण्डविरुद्ध जिरुडले समान १ गोल गरे । मेसी र एमबाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्न अल्भारेज र जिरुडले फाइनलमा कम्तीमा पनि दुई गोल गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली