2026-09-21 09:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोर्चुगलका सर्वाधिक सफल प्रशिक्षक सान्तोसले पद छाडे

पुस १, काठमाडौँ | कतारमा जारी विश्वकप फुटबलमा सोचेजस्तो सफलता हासिल नगगरेपछि पोर्चुगलका सर्वाधिक सफल प्रशिक्षक फर्नान्डो सान्तोसले पद छाडेका छन्। उनले शुक्रबार पदबाट राजीनामा दिएको पोर्चुगिज फुटबल संघले जनाएको छ।

विश्वकपको अन्तिम १६ र क्वार्टरफाइनलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि कतिपयले सान्तोसको चर्को आलोचना गरेका थिए। यसअघि भने लयमा नरहेका रोनाल्डोलाई सुरुवाती ११ मा खेलाउन नहुने अधिकांश पोर्चुगिजको धारणा रहेको  एक सर्बेक्षणले देखाएको थियो। तर, पहिलोपटक क्वार्टरफाइनल पुगेको मोरक्कोसँग हारेपछि प्रशिक्षक सान्तोसको आलोचना गर्ने धेरै देखिए।

मुख्य प्रशिक्षकका रुपमा आठ वर्ष बिताएका सान्तोस पोर्चुगल राष्ट्रिय टोलीका सर्वाधिक सफल प्रशिक्षक हुन्।उनकै नेतृत्वमा पोर्चुगलले सन् २०१६ मा युरोकप जितेको थियो। पोर्चुगलले जितेको यो नै पहिलो अन्तर्राष्ट्रिय उपाधि थियो। त्यसपछि फेरि सान्तोसले पोर्चुगललाई दोस्रो उपाधि दिलाए। सन् २०१९ मा पोर्चुगलले घरमै पहिलो संस्करणको नेसन्स लिगको उपाधि जितेको थियो।

पोर्चुगिज फुटबल संघले सान्तोससँग सन् २०२४ मा हुने युरोकपसम्मका लागि सम्झौता गरेको थियो। तर, अहिले उनलाई राजीनामा दिन संघले नै दबाब दिएको बताइएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो