2026-09-21 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिममा फ्लु फैलिएपछि विश्वकप फाइनलअघि तनावमा फ्रान्स

पुस १, काठमाडौँ | फिफा विश्वकपको आइतबार हुने फाइनलको तयारीमा रहेको फ्रेन्च फुटबलमा टिममा फैलिएको फ्लुबाट तीन खेलाडी ग्रसित भएका छन्। मोरक्कोविरुद्ध बुधबार भएको क्वार्टरफाइनलमा सोही फ्लुका कारण एड्रियन राबियो र डायोट उपामेकानो खेलेका थिएनन्।

त्यो दिन टिममा भएर पनि प्रयोगमा नआएका किङ्स्ले कोम्यानलाई पनि फ्लु देखिएपछि फ्रेन्च प्रशिक्षक डिडियर देस्च्याम्प र उनको टेकनिकल टिम तनावमा परेको छ।

उपामेकानो भने आइतबारसम्म ठीक हुने आसमा रहेका देस्च्याम्पले सेमिफाइनलपछि आगामी चार दिनमा सबै खेलाडी निको हुने बताएका थिए।

‘अहिलो फ्लुको सिजन छ, त्यसैले हामी सबैले सतर्क हुनुपर्छ,’ देस्च्याम्पले भनेका थिए, ‘खेलाडीहरूले धेरै मेहेनत गरिरहँदा रोगप्रतिरोधात्मक क्षमतामा पनि कमी आएको हुन सक्छ।’

देस्च्याम्पको फ्रान्सले आइतबार राति ८:४५ बजे उपाधिका लागि अर्जेन्टिनाको सामना गर्दैछ। अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० को नतिजामा पराजित गरेको थियो।

फ्रान्सलाई पराजित गर्न सके अर्जेन्टिनाले १९८६ पछि पहिलो र समग्रमा तेस्रो पटक विश्वकप जित्ने छ। चार वर्षअघि रुसमा विश्व विजेता बनेको फ्रान्स भने १९६२ मा ब्राजिलपछि पहिलो पटक उपाधि रक्षा गर्ने अभियानमा छ। फ्रान्स पनि समग्रमा तेस्रो पटक च्याम्पियन बन्ने तयारीमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो