२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धरानमा चर्किँदो विवाद, मेयर हर्कले मागे कार्यपालिका सदस्यहरुको राजीनामा

१ पुष २०७९, शुक्रबार ०७:३०

पुस १, धरान | धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ तथा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुको विवादले उग्ररुप लिँदै गएको छ। 

विवाद बढ्दै जाँदा मेयर साम्पाङले शुक्रबार कार्यपालकिा सदस्यहरुसँग राजीनामा मागेका छन्। उनले आफूले भनेको नमान्ने भए राजीनामा दिएर बाटो खुला गरिदिन आग्रह गरेका हुन्। 

साम्पाङले शुक्रबार उपमहानगपालिकास्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर कार्यपालिका सदस्यहरुको राजीनामा मागेका हुन्। 


तर गत वैशाखमा निर्वाचित भएयता कार्यपालिका बैठक बस्न नसकेको अवस्थामा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले बिहीबार पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङ निरंकुश, स्वेच्छाचारी र अराजक बनेको आरोप लगाएका थिए। 

उनीहरुले धरान उपमहानगरपालिका परिसरमै गरेको पत्रकार सम्मेलनमा कार्यपालिका बैठक बस्न नसक्नुमा मेयर साम्पाङ नै दोषी भएको बताए। उनीहरुले मेयरले कार्यपालिका सदस्यहरुबारे गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्तिसमेत जनाए। 

मेयर आफूहरूबारे दिएको अभिव्यक्तिबारे आत्मालोचना गरे मात्रै बैठक अघि बढ्न सक्ने बताए। उनीहरुले मेयर साम्पाङले आफूहरुका कुरा सुन्न पनि अस्वीकार गरेर तोकदेशले नगर चलाउन खोजेको बताएका थिए। 

मेयरले स्वेच्छाचारी, तानाशाही, गैरकानुनी र गैरजिम्मेवार शैली अपनाउँदै आएको बताउँदै यस्तो अवस्थामा काम गर्ने वातावरण पनि नरहेको बताएका थिए। मेयर साम्पाङले कार्यशैली सुधारे र म होइन हामी नभनेसम्म सहयोग गर्न नसकिने बताएका छन्। मेयरले सहकार्य गर्न तयार भए आफूहरु धरानको विकासमा हातेमालो गर्न तयार रहेको उनीहरुको तर्क छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना