Skip to content
Friday, July 17, 2026 Nepali Online Media

धरानका मेयरविरुद्ध कांग्रेस-एमालेसहित ६ दलको घेराबन्दी, दम्भ र मपाईंतन्त्र देखाएको आरोप

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ३, धरान | धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङविरुद्ध दलहरुले मोर्चाबन्दी थालेका छन्।

गत वैशाखको निर्वाचनमा स्वतन्त्र उठेर जितेका मेयर साम्पाङले नेपाली कांग्रेस र नेकपा एमालेसहितबाट निर्वाचित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई बाइपास गर्न खोजेको भन्दै दलहरुले मोर्चाबन्दी गरेका हुन्।

गत असोज १३ गते धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा प्रस्तुत एजेण्डामाथि कार्यपालिका सदस्य अनुप देवानले बोलिरहँदा मेयर साम्पाङले निस्केर जान भनेदेखि सुरु भएको तनाव चुलिँदै गएको हो।

त्यही प्रकरणदेखि दलबाट निर्वाचित कार्यपालिका सदस्य र वडाअध्यक्षहरुले मेयर साम्पाङविरुद्ध मोर्चाबन्दी गरिरहेका छन्।

यसरी मेयरविरुद्ध मोर्चाबन्दी गरेर विज्ञप्ति निकाल्नेहरुमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन्।