2026-09-21 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेसीले तत्काल राष्ट्रिय टिमबाट सन्यास नलिने

पुस ४, काठमाडौँ | विश्व विजेता लियोनल मेसीले तत्काल राष्ट्रिय टिमबाट सन्यास नलिने बताएका छन् । फ्रान्सलाई हराएर उपाधि जितेपछि मेसीलाई राष्ट्रिय टिमको भविष्यबारे अर्जेन्टिनी सञ्चारमाध्यमले प्रश्न सोधेका थिए ।

मेसीले ‘म फुटबललाई माया गर्छु’ भन्ने जवाफ दिएका थिए । ३५ वर्षीय मेसीले राष्ट्रिय टिमबाट खेल्दा रमाइरहेको र विश्व विजेताका रुपमा अझै केही खेल खेल्न चाहेको उल्लेख गरे । यसका बाबजुद मेसीले करियरको अन्त्य यसैगरी गर्न चाहेको बताए ।

मेसीको यो पाँचौ विश्वकप हो । फाइनल अघिनै मेसीले फ्रान्सविरुद्धको खेलसँगै विश्वकप यात्रा टुंगिने बताएका थिए । सन् २०२६ मा हुने विश्वकपमा मेसी ३९ वर्षका हुनेछन् । तर प्रशिक्षक लियोनल स्कलोनीले चार वर्षपछिको विश्वकपमा पनि मेसीलाई टिममा राख्ने प्रतिक्रिया दिएका छन् ।

फाइनल पछिको पत्रकार सम्मेलनमा स्कलोनीले सुरुवातमै अर्को विश्वकपका लागि मेसीको स्थान सुरक्षित गर्ने बताएका थिए । मेसीसंग खेल्न पाउनु र उनलाई प्रशिक्षण गर्न पाउनु आफ्ना लागि गर्वको कुरा भएको पनि स्कलोनीले उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो