2026-09-21 09:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिफा वरीयतामा नेपाल यथावत, विश्व विजेता अर्जेन्टिना दोस्रोमा

पुस ७, काठमाडौँ | विश्वकप विजेता अर्जेन्टिना विश्व फुटबल महासंघ (फिफा)को विश्व वरीयतामा दोस्रो स्थानमा उक्लिएको छ ।

विश्वकप सुरु हुनुअघि तेस्रो स्थानमा रहेको अर्जेन्टिनाले एक स्थान सुधार गरेको हो । क्वाटरफाइनलमा पराजित रहेको ब्राजिल वरीयताको शीर्ष स्थानमा यथावत छ ।

विश्वकप फाइनलिष्ट फ्रान्स एक स्थान सुधार गरी तेस्रो स्थानमा उक्लिएको छ भने यसअघि दोस्रो स्थानमा रहेको बेल्जियम चौथो स्थानमा झरेको छ । बेल्जियम विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो ।

आश्चर्यजनक नतिजा निकाल्दै विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्को वरीयताको ११औं स्थानमा पुगेको छ । विश्वकपमा बेल्जियम, स्पेन र पोर्चुगलजस्ता टिमलाई पराजित गरेको मोरक्कोले वरीयतामा ११ स्थान सुधार गरेको हो ।

विश्व वरीयताको पाँचौं स्थानमा इंग्ल्याण्ड यथावत रहँदा दुई स्थान सुधार गरी नेदरल्याड्स छैटौं र पाँच स्थान सुधार गरी क्रोएसिया सातौं स्थानमा पुगेको छ । इटली दुई स्थान खस्केर आठौं नम्बरमा पुगेको छ । नवौं स्थानको पोचुर्गल यथावत रहँदा तीन स्थान तल झरेको स्पेन वरीयताको दशौं नम्बरमा छ ।

यसैगरी नेपाल फिफा वरीयताको १७५औं स्थानमा यथावत छ । दक्षिण एसियाली टिममध्ये भारत सबैभन्दा माथि १०६ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो