2026-09-21 09:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फाइनल पुनः खेलाउन फ्रान्सेली समर्थकले राखे माग, लगभग २ लाख हस्ताक्षर संकलन

पुस ८, काठमाडौँ | फूटबल विश्वकपको फाइनल खेल पुनः खेलाउनुपर्ने मागसहित फ्रान्सेली समर्थकहरूले १ लाख ९५ हजारभन्दा बढी हस्ताक्षर संकलन गरेका छन् । 

फाइनलमा रेफ्रीले अनेकौं गल्ती गरेको भन्दै उनीहरूले यो खेल पुनः खेलाउनुपर्ने माग गरेका हुन् । 

फाइनल खेल अतिरिक्त समयमा पुग्दा पनि ३–३ गोलको बराबरीमा रहेपछि पेनाल्टी शूटआउट गराउनुपरेको थियो । 

खेल हारेपछि फ्रान्सका समर्थकहरूले अन्लाइन निवेदन वेबसाइट मेसओपिनियन्समा आफ्नो नाम चढाएका छन् । अर्जेन्टिनाले दुईपटक गोल गर्दा रेफ्रीलाई धोका दिइएको उनीहरूको भनाइ छ । 

फ्रान्सका उस्मान डेम्बेलेले अर्जेन्टिनाका एन्जल डी मारियालाई बक्स एरियामा लडाएपछि लियोनल मेसीले पेनाल्टीमा गोल गरेका थिए । तर फ्रान्स समर्थकहरू त्यो पेनाल्टी दिन नमिल्ने बताउँछन् किनकि दुई खेलाडीबीचको कन्ट्याक्ट एकदमै हलुका मात्र भएको थियो । डी मारिया खासै केही नभइकनै डी बक्समा लडेको उनीहरूको तर्क छ । 

त्यस्तै अर्जेन्टिनाको दोस्रो गोल पनि समस्याग्रस्त रहेको निवेदकहरूको भनाइ छ । क्रिस्टियन रोमेरोले मैदानको एक छेउमा किलियन एम्बाप्पेलाई लडाएको उनीहरूले दाबी गरेका छन् । 

त्यसपछि अर्जेन्टिनाले गरेको काउन्टर अट्याकका कारण बल मैदानको अर्को कुनामा पुगेको थियो अनि डी मारियाले गोल गरेका थिए । 

पोल्यान्डका रेफ्री सिजमन मार्सिनियाकले फाइनलको दबाब खेप्दै राम्रो खेल खेलाएको भनी प्रशंसा गरिएको छ । तर फ्रान्सेलीहरू रेफ्री पूरै बिकेको आरोप लगाइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो