१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डाक्टरको गम्भीर गल्तीले युवकले गुमाए यौनाङ्ग, ९० लाख बराबरको क्षतिपूर्ति दिन आदेश

१३ पुष २०७९, बुधबार ०७:५२

पुस १३, काठमाडौँ | हामीले कहिलेकाहीं अस्पतालमा डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएको, उपचारमा उल्टोपाल्टो भएको घटना सुनेकै हुन्छ । युरोपेली मुलुक फ्रान्समा पनि भएको छ ।

त्यहाँ डाक्टरहरुको ठूलो गल्तीका कारण एक युवकले आफ्नो यौनांग पूर्णरुपमा गुमाउनु परेको छ । डाक्टरको गल्तीले युवकको यौनांग नै काटिएको उक्त घटनामा अदालतले फैसला गर्दै ती पीडित युवकलाई करिब ९० लाख रुपैयाँ बराबरको क्षतिपूर्ति दिन अस्पताललाई आदेश दिएको छ ।


उक्त घटनाका विषयमा पीडित युवकले स्थानीय एक फ्रेन्च न्युजपोर्टलसँगको कुराकानीमा भनेका छन्, ‘मलाई त्यो डाक्टरसँग घृणा लाग्छ । त्यसले मेरो कुरा बिल्कुलै सुनिरहेको थिएन । उनले मेरो उपचारका लागि एउटा खतरनाक विधि छान्यो ।’

ती युवकको सन् २०१४ मा नानटेस विश्वविद्यालय अस्पतालमा भएको थियो । उनी तीन सन्तानका पिता हुन् । त्यतिबेला उनी ३० वर्षका थिए । जाँचका क्रममा उनमा कार्सिनोमा भनिने एक प्रकारको क्यान्सर भएको पत्ता लाग्यो ।

अदालतमा भएको सुनुवाइका क्रममा उनले आफ्नो शल्यक्रियाका क्रममा डाक्टरले गरेको गल्तीले गर्दा आफ्नो यौनांगमा क्यान्सर फैलिएको बताए । जसकारण उनको यौनांग निकै दुख्न थाल्यो । पीडा यतिधेरै थियो कि एकपटक त उनी आफैंले आफ्नो लिंग काट्ने प्रयाससम्म गरेका थिए तर पत्नीले रोकिन् ।

डाक्टरका अनुसार एक वर्षमै उनको यौनांगमा यतिधेरै क्यान्सर फैलिसकेको थियो कि यौनांग नै काटेर फ्याँक्नुको विकल्प नै थिएन । यदि त्यसो नगरिएको भए उनको शरीरभर क्यान्सर फैलिएर मृत्यु हुन सक्थ्यो । तर हाल आएर चाहिं डाक्टरहरुले उनको रोग पत्ता लगाउन नसकेको पुष्टि भएको छ ।

जसअनुसार अदालतले ती युवकलाई क्षतिपूर्तिबापत ६१ हजार युरो रकम दिन आदेश दिएको छ । युवकका वकिलले भने अदालतसमक्ष करिब १५ करोड रुपैयाँ बराबरको रकम क्षतिपूर्ति माग गरेका थिए । क्षतिपूर्ति रकम कम दिइएको र मनोवैज्ञानिक क्षतिको कुनै ख्याल नगरिएको भन्दै युवकका वकिलले पुनरावेदन गर्ने जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह