2026-07-25 12:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनको राजमार्गमा एकै पटक करिब दुईसय सवारी साधन दुर्घटना

पुस १३, काठमाडौँ | चीनको मध्य क्षेत्रस्थित एक राजमार्गमा सयौँ सवारी साधन दुर्घटनाग्रस्त भएको चीनको सरकारी प्रसारक सिसिटिभीले बुधबार जनाएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको जनाइएको छ ।

सडकदेखि माथि आकाशबाट लिइएको तस्वीरमा बाक्लो हुस्सुका कारण सडक नदेखिँदा दुर्घटनाग्रस्त सयौँ यात्रुवाहक कार, भ्यान र लरीहरू राजमार्गको एक भागमा थुप्रिएको देखिएको छ ।

अनलाइनमा पोस्ट गरिएका अन्य भिडियोमा केही सवारी साधन दुर्घटनाका कारण टुक्रा टुक्रा भएको पनि देखिएको छ ।

हेनान प्रान्तको झेङझोउ शहर नजिकै बाक्लो कुहिरोले कमजोर दृश्य भएका कारण दुर्घटना भएको र कम्तीमा २०० वटा सवारी साधन दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

“बुधबार बिहान झेङझोउको पहेँलो नदीको पुलमा अचानक कुहिरो लागेको थियो, जसका कारण धेरै सवारी साधन आपसमा ठोक्किएर दुर्घटना भएको थियो,” झेङझोउका अधिकारीलाई उद्धृत गर्दै सीसीटीभीले भनेको छ ।

“दुर्घटना लगत्तै आपतकालिन उद्धार कार्यहरु गरिएका छ भने दुर्घटना स्थललाई सामान्य यातायात सुचारु गर्नका लागि खाली गराइँदै छ,” रिपोर्टमा भनिएको छ।

चीनमा कडा यातायात सुरक्षा नियम, कमजोर सडक संरचना साथै चालकको लापर्बाहीका कारण सडक दुर्घटानाबाट बर्षेनी हजारौँ नागरिकको अकालमा ज्यान जाने वा अगभङ्ग हुने गर्छ ।

गत सेप्टेम्बरमा दक्षिणपश्चिमी गुइझोउ प्रान्तको क्वारेन्टिनमा जाँदै गरेको बस राजमार्गमा पल्टिँदा २७ जना यात्रुको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक