२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुर्गम गाउँमा मोबाइल नेटवर्क समस्याको अन्त्य हुँदै

१५ पुष २०७९, शुक्रबार १२:२१

पुस १५ नेपालगञ्ज | बाँकेका दुई दुर्गम गाउँपालिकामा देखिने मोबाइल नेटवर्कको समस्या अन्त्य हुने भएको छ । 

जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा नेपाल टेलिकमले थप टावर जडान गर्ने भएपछि सो समस्याको अन्त्य हुने भएको हो । यी गाउँपालिकाका अधिकांश क्षेत्रमा मोबाइल सेवा नहुँदा स्थानीयवासीलाई समस्या भइरहेकाले टेलिफोन सेवालाई गुणस्तरीय बनाउन थप टावर जडान गर्ने निर्णय भएको बाँके क्षेत्र नं १ (क) का प्रदेशसभा सदस्य कृष्णा केसीले जानकारी दिनुभयो । 

थप टावरको जडान र भएका टावरको क्षमता वृद्धिका लागि नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलसँग माग गरेपछि टावर जडानको निर्णय भएको उहाँले बताउनुभयो । “विभिन्न ठाउँका विभिन्न जङ्गलको राजमार्गमा नै मोबाइलको नेटवर्क देखिँदैन, त्यसैले यस्तो समस्याको अन्त्य गर्न खोजेको हो”, प्रदेशसभा सदस्यमा केसीले भन्नुभयो । अहिले सो क्षेत्रमा नौ थान थप टावर जडान हुनेछ । गत वर्ष पनि यसका लागि पहल भएको तर बाँके राष्ट्रिय निकुञ्ज र वन मन्त्रालयका कारण काम नभएको उल्लेख गर्दै उहाँले अहिले त्यस्तो समस्या नदोहोरिने बताउनुभयो । 

नेटवर्कले काम नगर्ने स्थानमा थप टावर स्थापना गर्ने र कम क्षमता भएका टावरलाई क्षमता वृद्धि गर्ने निर्णय गरिएको नेपाल टेलिकमले जानकारी दिएको छ । कोहलपुरको चप्परगौडीदेखि दाङको शिवखोलासम्म र फत्तेपुर, विनौना हुँदै दाङको गोठुवासम्मको हुलाकी राजमार्ग तथा नरैनापुर र राप्तीसोनारीका धेरै ठाउँमा टावर नहुँदा मोबाइल नेटवर्कको समस्या रहेको बताइएको छ । 

यी क्षेत्रमा टेलिफोनको पहुँच पु-याउन यस साताबाट सर्भेसमेत सुरु गरिने र भएका टावरमा क्षमता विस्तारको काम तत्काल नै सुरु गरिने प्रदेशसभा सदस्य केसीले बताउनुभयो । उक्त क्षेत्रमा टावर विस्तार भएपछि टेलिकमको फोर जी सेवासमेत सञ्चालन हुने छ । 

कोहलपुर चप्परगौडीदेखि दाङको शिवखोलासम्मको अधिकांश राजमार्गमा नेटवर्कले काम नगर्ने भएकाले विभिन्न भागमा थप टावर राख्नुपर्ने स्थानीयवासीको माग लामो समयदेखि रहेको छ । राप्तीसोनारी र नरैनापुरमा अहिले रहेका टेलिकम टावरका क्षमता कम भएकाले वृद्धि गर्नुपर्ने र थप जडान गर्नुपर्ने बताइएको छ । 

राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका विभिन्न स्थानमा मोबाइल नेटवर्कका टावर थप गरिने भएपछि ती पालिकाका अध्यक्षले समेत खुसी व्यक्त गर्नुभएको छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले नयाँ टावर जडान र पुरानाको क्षमता विकास गरिएपछि नेटवर्कको समस्या समाधान हुनुका साथै जनताले राहत पाउने बताउनुभयो । 

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले पनि मुख्य राजमार्गलगायत धेरै ठाउँमा मोबाइल नेटवर्कको समस्या रहेकाले अब समाधान हुने सुनेर खुसी लागेको उल्लेख गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य