१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाले झिंगाको यस्तो रसायन, जसले पोथीलाई अरुसँग संसर्ग गर्नबाट रोक्छ

१७ पुष २०७९, आईतवार ०९:३६

पुस १७, काठमाडौँ | फलफूलमा बस्ने झिंगा अर्थात् फ्रुट फ्लाईका विषयमा एक अनौठो तथ्य वैज्ञानिकहरुले सार्वजनिक गरेका छन् । यो झिंगाले संसर्ग गर्ने बेला भालेले यस्तो रसायन छाड्छ जसले पोथी झिंगालाई संसर्गपछि निद्रा लाग्छ ।


जसकारण उसले अरु कुनै भाले झिंगासँग पुनः संसर्ग गर्न पाउँदैन । शोधकर्ताहरुका अनुसार पोथी झिंगाले आफूबाहेक अरु भालेसँग संसर्ग नगरोस् भन्नका लागि भाले झिंगाले अपनाउने यो जैविक रणनीति हो ।अर्जेन्टिनाको नेसनल साइन्टिफिक एण्ड टेक्निकल रिसर्च काउन्सिलका शोधकर्ता लोरेना फ्रेंकोका अनुसार भाले झिंगाको यौनाङ्गबाट शुक्रकीटसँगै उक्त सेक्स पेप्टाइड नामक रसायन पोथी झिंगाको शरीरमा जान्छ । उनका अनुसार यो रसायनले पोथी झिंगाको शरीरको जैविक घडीको संयन्त्रलाई नै प्रभावित गर्छ ।

आमरुपमा यी प्रजातिका झिंगाहरु बिहान सूर्य उदाउनु अगाडि नै ब्युँझिन्छन् र त्यही नै समयमा उनीहरुको संसर्ग हुन्छ । तर पेप्टाइड रसायनको असरले पोथी झिंगालाई बिहान भइसकेको थाहा नै हुँदैन र ऊ अबेरसम्म सुत्छ । जबकि त्यो समयमा धेरै भाले सक्रिय हुन्छन् । त्यसरी एउटा भालेसँग संसर्ग गरेको पोथीले बिहानको समयमा अर्को भालेसँग संसर्ग गर्न पाउँदैन ।

शोधकर्ताले गरेको अध्ययनका क्रममा बिहान सबेरै उठ्ने पोथी झिंगा केवल कुमारी झिंगा मात्रै थिए जसले यसअघि संसर्ग गरेकै थिएनन् । संसर्ग गरिसकेका पोथीहरु भने शरीरमा घाम नपरुन्जेलसम्म सुत्ने गर्छन् ।

वास्तवमा यो झिंगाको पोथीले धेरै भालेसँग संसर्ग गरेर त्यसको शुक्रकीट आफ्नो शरीरभित्र जम्मा गरेर राख्न सक्छ । त्यसैले पोथीलाई धेरैवटा भालेको शुक्रकीट जम्मा गर्न नदिन र आफ्नै शुक्रकीटबाट प्रजनन् गराउनका लागि भालेले निद्रा लगाउने रसायन पोथीको शरीरमा छाड्ने गरेको शोधकर्ताको निष्कर्ष छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह