२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रिकेट : पोखराद्वारा काठमाडौँ पराजित

२०७९, १८ पुष सोमबार ०९:१६

पुस १८, काठमाडौँ | पोखरा एभेन्जर्सले काठमाडौँ नाइट्सलाई पराजित गर्दै पहिलो संस्करणको नेपाल टि–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा विजयी भएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले काठमाडौँलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो । काठमाडौँले दिएको एक सय ६५ रनको लक्ष्य पोखराले १९ दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै पूरा ग¥यो ।


पोखराको जितमा सुमित महर्जनले सर्वाधिक ७६ रनको योगदान दिए । ५२ बल खेलका उनले तीन छक्का र सात चौकाको मद्दतमा ७६ रनको योगदान दिएका हुन् । त्यसैगरी पोखराका कप्तान उपुल थरङ्गाले ५८ रनको योगदान दिए । ४९ बल प्रहार गरेका उनले एक चौका र पाँच चौकाको मद्दतमा ४९ रन बनाएका हुन् । 

कुशल मल्लले अविजित १४ रन जोडे भने शासिफ शेखले सात तथा सिद्धान्त लोहनीले ३ रन बनाए । बलिङतर्फ काठमाडौँका कमल ऐरीले तीन विकेट लिए भने अनिल खरेल र अविनाश बोहोराले समान एक/एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । काठमाडौँका लागि एलेक्स ब्लाकेले सर्वाधिक ६४ रनको योगदान दिएका थिए भने सुमन गौतमले ४५ रन बनाएका थिए । त्यस्तै विरनदीप सिंहले ३२ तथा रयान बुर्लले १० रन जोडेका थिए । काठमाडौँलाई एक सय ६४ रनमा समेट्ने क्रममा पोखराका तुलबहादुर थापाले दुई विकेट लिए भने कुशल मल्ल र प्रतिश जिसीले समान एक/एक विकेट लिए । 

यो जितसँगै आठ खेलमा तीन जित तथा पाँच खेलमा हार बेहोरेको पोखरा ६ अङ्क जोड्दै अङ्क तालिकाको चौथो छ । त्यस्तै छ खेलमा तीनमा जित तथा तीन खेलमा हार बेहोरेको काठमाडौँ ६ अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ । प्रतियोगिताको विजेता टोलीले रु ५५ लाख तथा उपविजेताले रु ३० लाख पाउने छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ