Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

अमेरिकन सोसाइटी अफ नेपालीज इन्जिनियर्सको नवौं वार्षिक सम्मेलन शुरु

२ आश्विन २०७३, आईतवार ००:४२


अमेरिकन सोसाइटी अफ नेपालीज इन्जिनियर्सको नवौं वार्षिक सम्मेलन हालै टेक्सासको ह्युस्टनमा शुरु भएको छ। सेप्टेम्बर १७ देखि १८ सम्म चल्ने उक्त सम्मेलनको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि अमेरिका स्थित नेपाली राजदुतावासका डेपुटी चिफ अफ मिसन जीवन प्रकाश श्रेष्ठले कार्यक्रमको सफलताको शुभकामना दिनु भयो।  

त्यसै गरी सोसाइटीका अध्यक्ष तथा कार्यक्रम आयोजक समितिका अध्यक्ष जगन्नाथ घिमिरेले सोसाइटीको स्थापना काल देखि हाल सम्म योगदान दिनु हुने महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण कमिटीका सदश्यहरुलाई धन्यवाद दिनुभयो। अर्का वक्ताहरु टेक्निकल कमिटीका अध्यक्ष  डा. रमेश बाबु मल्ल र सह-अध्यक्ष डा. रबिन भट्टराईले कार्यक्रमको खाका प्रस्तुत गर्नुभयो। 

अर्का वक्ता तथा कम्प्युटर एसोसियसन अफ नेपाल, युएसए का अध्यक्ष सुरेश ओझाले उक्त एसोसियसनका गतिविधि माथि प्रकाश पार्दै कार्यक्रमको सफलताको कामना गर्नु भयो l भविष्यमा अमेरिकन सोसाइटी अफ नेपालीज इन्जिनियर्स संग सहकार्य गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो। 

आयोजक समितिका स्थानीय अध्यक्ष राजेन्द्र श्रेष्ठले आयोजक समितिका सम्पूर्ण सदश्य र अथितिहरुलाई स्वागत गर्नुभयो। अतिथि वक्ता तथा नेपाली एसोसिएसन अफ ह्युस्टनका अध्यक्ष ज्योति घिमिरेले जब जनता सम्बृद्ध हुन्छन, तब इन्जिनीयरको काम आउछ भन्दै, इन्जिनीयरहरु रोजगार हुनु भनेको जनता सम्बृद्ध हुनुको संकेत हो भन्नु भयो। 

कार्यक्रममा युनिभर्सिटी अफ ह्युस्टनका प्रोफेसरहरु डा ओम प्रकाश ज्ञवाली, डा जेनिफर बर्देमान विन्टर तथा  डा राकेश वर्माले की-नोट प्रस्तुति गर्नुभएको थियो। 

उद्घाटन सत्रको अन्तमा, सोसाइटीका पुर्व अध्यक्ष डा राजेन्द्र श्रेष्ठ ,सोसाइटीका वर्तमान महासचिव ठाकुर ढकालले सम्पूर्ण अतिथि  सहभागी, कार्यक्रमका प्रायोजकहरु, र कार्यक्रमलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो। 

उक्त कार्यक्रमको वाकी समयमा विभिन्न व्यक्तिहरुले इन्जीनियरिंग, विज्ञान र टेक्नोलोजी सम्बन्धी कार्यपत्रहरु प्रस्तुत गर्ने छन्। उक्त उद्घाटन सत्रको संचालन सोसाइटीको ह्युस्टन च्याप्टरका उपाध्यक्ष सुवास पौडेलले गर्नुभएको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ