Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-09-08 11:19 AM
काठमाडौँ - KTM

अमेरिकन सोसाइटी अफ नेपालीज इन्जिनियर्सको नवौं वार्षिक सम्मेलन शुरु


अमेरिकन सोसाइटी अफ नेपालीज इन्जिनियर्सको नवौं वार्षिक सम्मेलन हालै टेक्सासको ह्युस्टनमा शुरु भएको छ। सेप्टेम्बर १७ देखि १८ सम्म चल्ने उक्त सम्मेलनको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि अमेरिका स्थित नेपाली राजदुतावासका डेपुटी चिफ अफ मिसन जीवन प्रकाश श्रेष्ठले कार्यक्रमको सफलताको शुभकामना दिनु भयो।  

त्यसै गरी सोसाइटीका अध्यक्ष तथा कार्यक्रम आयोजक समितिका अध्यक्ष जगन्नाथ घिमिरेले सोसाइटीको स्थापना काल देखि हाल सम्म योगदान दिनु हुने महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण कमिटीका सदश्यहरुलाई धन्यवाद दिनुभयो। अर्का वक्ताहरु टेक्निकल कमिटीका अध्यक्ष  डा. रमेश बाबु मल्ल र सह-अध्यक्ष डा. रबिन भट्टराईले कार्यक्रमको खाका प्रस्तुत गर्नुभयो। 

अर्का वक्ता तथा कम्प्युटर एसोसियसन अफ नेपाल, युएसए का अध्यक्ष सुरेश ओझाले उक्त एसोसियसनका गतिविधि माथि प्रकाश पार्दै कार्यक्रमको सफलताको कामना गर्नु भयो l भविष्यमा अमेरिकन सोसाइटी अफ नेपालीज इन्जिनियर्स संग सहकार्य गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो। 

आयोजक समितिका स्थानीय अध्यक्ष राजेन्द्र श्रेष्ठले आयोजक समितिका सम्पूर्ण सदश्य र अथितिहरुलाई स्वागत गर्नुभयो। अतिथि वक्ता तथा नेपाली एसोसिएसन अफ ह्युस्टनका अध्यक्ष ज्योति घिमिरेले जब जनता सम्बृद्ध हुन्छन, तब इन्जिनीयरको काम आउछ भन्दै, इन्जिनीयरहरु रोजगार हुनु भनेको जनता सम्बृद्ध हुनुको संकेत हो भन्नु भयो। 

कार्यक्रममा युनिभर्सिटी अफ ह्युस्टनका प्रोफेसरहरु डा ओम प्रकाश ज्ञवाली, डा जेनिफर बर्देमान विन्टर तथा  डा राकेश वर्माले की-नोट प्रस्तुति गर्नुभएको थियो। 

उद्घाटन सत्रको अन्तमा, सोसाइटीका पुर्व अध्यक्ष डा राजेन्द्र श्रेष्ठ ,सोसाइटीका वर्तमान महासचिव ठाकुर ढकालले सम्पूर्ण अतिथि  सहभागी, कार्यक्रमका प्रायोजकहरु, र कार्यक्रमलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो। 

उक्त कार्यक्रमको वाकी समयमा विभिन्न व्यक्तिहरुले इन्जीनियरिंग, विज्ञान र टेक्नोलोजी सम्बन्धी कार्यपत्रहरु प्रस्तुत गर्ने छन्। उक्त उद्घाटन सत्रको संचालन सोसाइटीको ह्युस्टन च्याप्टरका उपाध्यक्ष सुवास पौडेलले गर्नुभएको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो