११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेका कार्की प्रदेश-१ को मुख्यमन्त्री बन्दै

२४ पुष २०७९, आईतवार ०६:३५

पुस २४, काठमाडौँ | नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रदेशसभा दलका नेता हिक्मत कार्कीले गठबन्धनको तर्फबाट प्रदेश १ को मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने भएका छन् ।

उनले आज बहुमत प्रदेशसभाका सदस्यसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा वर्तमान सत्ता गठबन्धन स्पष्ट बहुमतमा छ । जसमा एमालेका ४०,माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० जना सांसद छन् । 


सत्ता साझेदार दलहरूसँग बैठक बसेर दिउँसो ४ बजे प्रदेश प्रमुखलाई बहुमत सदस्यसहित मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी रहेको कार्कीले बताए । 

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले पनि प्रदेश १ को मुख्यमन्त्रीका लागि कार्कीलाई समर्थन गर्ने सहमति भएको बताए । यसअघि प्रदेश १ को मुख्यमन्त्रीका लागि माओवादीले पनि दाबी गरेको थियो । 

मुख्यमन्त्री एमालेबाट बन्ने भएपछि  माओवादीले सभामुख पाउने भएको छ । प्रदेश १ मा प्रदेश प्रमुख पर्शुराम खापुङले आज साँझ ५ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी गर्न समयसीमा तोकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह