२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी व्यक्तिले ब्वाँसो बन्न खर्चिए ३० लाखभन्दा बढी

२०७९, २४ पुष आईतवार ०८:०९

पुस २४, काठमाडौँ | मानिसको रहर असिमित हुन्छन् । ती असिमित रहरमध्ये केही निकै रोचक पनि हुन्छन् । यस्तै एक रोचक रहर भएका व्यक्तिले आफ्नो सपना साकार बनाउन ३० लाखभन्दा बढी रुपैयाँ खर्च गरेका छन् ।

जापानका एक व्यक्तिले आफ्नो ब्वाँसो बन्ने सपना साकारा पार्नका लागि २३ हजार डलर (३० लाख रुपैयाँभन्दा बढी) रकम खर्च गरेका छन् ।


विशेष प्रभाव र विशेष मोडलिङमा विशेषज्ञता हासिल गरेको जेपेट नामको एक जापानी कम्पनी अघिल्लो वर्ष चर्चामा आएको थियो । अडिटी सेन्ट्रलका अनुसार यो कम्पनीले आफ्ना एक ग्राहकका लागि कुकुरको विशेष सुट तयार गरेको थियो । ती ग्राहकको कुकुर झैँ जीवन बिताउने इच्छास्वरुप उक्त सुट तयार पारिएको थियो । हो, त्यहि कम्पनीले अर्को एउटा थप चुनौतीपूर्ण अर्डर आएको बताउँदै उक्त अर्डर यस्ता व्यक्तिबाट आएको हो जो निकै अघिदेखि ब्वाँसोको रुपमा बाँच्न चाहन्थे ।

‘म बाल्यकालदेखि नै जनावर प्रेमी थिएँ । टिभीमा केही वास्तविक देखिने जनावरको सुट देख्दा आफू पनि त्यस्तै हुन सोच्थेँ,’ नाम नखुलाइएका ग्राहकले जेपेटको वेबसाइटमा लेखे । ‘अन्तिम फिटिङमा मैले आफूलाई ऐनामा हेर्दा चकित खाएँ । यतिबेला मेरो सपना साकार भएको महसुस भयो ।


 ब्वासोँ बन्नका लागि ती व्यक्तिले जे जति खर्च गरे त्यसमा उनी निकै सन्तुष्ट छन् जस्तो देखिन्छ ।

‘पछाडिको खुट्टामा हिँडिरहेको वास्तविक ब्वाँसोजस्तो देखिनुपर्ने मेरो अर्डर कम्पनीका लागि गाह्रो थियो तर यो पूरा सुट मैले कल्पना गरेजस्तो ठ्याक्कै थियो,’ ती व्यक्तिले जेपेटलाई भने । ‘यो पहिरन लगाउँदा भेन्टिलेसनका कारण व्यक्तिले आरामदायी अनुभवसमेत गर्न सक्छन् । ’

जापानी कम्पनीका अनुसार यो अचम्मको प्रोजेक्ट पूरा गर्न उनीहरुलाई ५० दिन लाग्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै