Skip to content
Friday, July 17, 2026 Nepali Online Media

राष्ट्रपति भण्डारीद्वारा बराहक्षेत्रको दर्शन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १, सुनसरी | राष्ट्रपति विद्यादेवि भण्डारी मकर नुहाउन आज सुनसरीको बराहक्षेत्र आइपुग्नुभएको छ । उहाँ आज बिहान बराह क्षेत्र मन्दिर परिसरमा आउनुभएको हो ।

आज माघे सङ्क्रान्ति अर्थात् माघी पर्वका अवसरमा नेपालका चार धाममध्येको सुनसरीको बराहक्षेत्रको दर्शनका लागि बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ आइपुग्नुभएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार उहाँले बराहक्षेत्रको दर्शन गरी मन्दिरको अवलोकन पनि गर्नुभएको थियो । यसपछि उहाँका धरानको विजयपुरस्थित मन्दिरको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

यस दिन बराहक्षेत्रमा स्नान गर्दा अनन्तकालसम्म भगवानको धाममा बस्न पाइन्ने बताइन्छ । यस दिन बराहक्षेत्रस्थित कोका कौशिकीमा स्नान गरे विगतमा गरेको गल्तीबाट मुक्ति पाइने जनविश्वास रहेको छ । हरेक वर्षको माघ १ गते यहाँ ठूलो मेला लाग्ने गर्दछ ।