माघ ३, काठमाडौँ | नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलरको भाउ एकको खरिददर १३० रुपैयाँ २९ पैसा र बिक्रीदर १३० रुपैयाँ ८९ पैसामा कारोबार भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६८ पैसा तोकिएको छ।
त्यस्तै, आज पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १५९ रुपैयाँ १२ पैसा र बिक्रीमा १५९ रुपैयाँ ८६ पैसा रहेको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रुपैयाँ ७३ पैसा र बिक्रीमा ९१ रुपैयाँ १५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ २८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७३ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८२ पैसा तोकेको छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार ३० रुपैयाँ १९ पैसा र बिक्रीमा ३० रुपैयाँ ३३ पैसा पाइन्छ।
मंगलबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ६९ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ६६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३४७ रुपैयाँ २३ पैसा तोकिएको छ।