२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

चिकित्सकले मृत घोषणा गरेको १८ दिने शिशु जिवितै…

४ माघ २०७९, बुधबार १०:५७

माघ ४, काठमाडौँ | विराटनगरको कोशी अस्पतालमा उपचार गर्न ल्याएका बच्चालाई डाक्टरले मृत घोषणा गरेपछि विवाद भएको छ । 

अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. आकाश यादवले बिरामी भएर उपचार गर्न ल्याएका नवजात शिशुलाई मृत घोषणा गरिदिएपछि विवाद भएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि कोशी ल्याएको १८ दिनको जीवित नवजात शिशुलाई डाक्टर यादवले मृत घोषणा गरेपछि विवाद भएको छ । 

मोरङको जहदा गाउँपालिका–३ भात्तिगन्जकी उमा मुखियाले कोशी अस्पतालमा पुस १७ गते छोरीलाई जन्म दिएकी थिइन् । नवजात शिशुको तौल १ किलो ४०० ग्राम थियो । केही दिनपछि बच्चासहित उनी माइतमा बस्दै आएकी थिइन् । उनका पति दिलीप मुखिया एम्बुलेन्स चालक हुन् । दिलिप विराटनगरमै एम्बुलेन्स चलाउँछन् । 

बुधवार श्वासप्रश्वासमा समस्या देखिएपछि मुखिया दम्पतीले बिहान ८ बजे छोरीलाई कोशी अस्पतालको आकस्मिक कक्षमा लिएर आएका थिए । उनीहरूले बच्चा लिएर आउँदा डा. आकाश यादवसहित अहेबहरू लक्ष्मण माझी र टीका भण्डारी आकस्मिक कक्षमा थिए । आकस्मिक कक्षमा चिकित्सक यादवले नवजात शिशुको स्वास्थ्य जाँच गरेका थिए । छोरीको स्वास्थ्य परीक्षण गरेपछि डाक्टरले मरिसकेको भनेर भनेको दिलीप मुखियाले बताए ।

डाक्टरले यति भनेको खबर सुनेपछि शिशुकी आमा उमा र आफन्तहरूको आकस्मिक कक्ष बाहिर रुवाबासी गर्न थाले । ‘मैले श्रीमतीलाई समात्न थाले । त्यही बीचचमा जेठानी दिदीले छोरीलाई बोक्नुभएको रहेछ । आकस्मिक कक्षको शैय्याबाट छोरीलाई बाहिर लिएर आउनुभयो । छोरीले हातखुट्टा हल्लाइन् । त्यसपछि थाहा भयो । जिउँदो मेरो छोरीलाई डाक्टरले मृत भनिदिएको रहेछ,’ दिलिपले भने, ‘विरामीको उपचारमा लापरवाही गर्ने यस्तो चिकित्सकलाई कडा कारवाही हुनुपर्दछ ।’ अहिले दिलिपले छोरीको उपचारको लागि कोशी अस्पतालदेखि एक सय मिटर दक्षिणमा रहेको गोल्डेन अस्पतालमा राखेर उपचार गर्दैछन् । छोरीलाई अहिले एनआइसियूमा राखेर उपचार सुरू गरिएको छ । ‘अहिले गोल्डेनमा हस्पिटलमा राखेर छोरीको उपचार सुरू गरेको छु,’ उनले भने, ‘उपचारमा संलग्न चिकित्सकले पनि छोरीको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको बताउनुभएको छ दिलीप मुखियाले भने ।

जिउँदो नवजात शिशुलाई मृत घोषणा गरेको आरोप लगाउँदै डा. आकाश यादव माथि आक्रमण भएको छ । कुटपिटबाट डाक्टर यादवको टाउकोमा चोटपटक लागेको छ । चिकित्सकमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  प्रहरीले मनोज मुखिया, मन्नु मुखिया र अर्को एक जना नाम नखुलेको व्यक्तिलाई नियन्त्रणमा लिएको दिलिप मुखियाले बताए । कोशी अस्पतालबाट नियन्त्रणमा लिएर प्रहरीले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको बताइएको छ ।

कोशी अस्पतालका मेसु डा. लक्ष्मीनारयण यादवले घटना विषयमा बुझने काम भइरहेको बताए । ‘नवजात शिशुलाई हस्पिटल ल्याउँदा मुटुको धड्न थिएन । सास पनि चलेको थिएन उपचारमा संलग्न चिकित्सकले भनेका छन् । त्यस विषयमा बुझ्ने काम भइरहेको छ,’ उनले भने, ‘यदि उपचारमा लापरबाही भएको पाइएपछि हस्पिटलले एक्सन लिनेछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ