2026-10-23 11:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार सन्तानकी आमा ज्वाईंको प्रेममा, श्रीमान् छोडेर उनैसँग भागिन्

माघ ८, काठमाडौँ | भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेमले केही हेर्दैन । त्यसैले प्रेमसँग सम्बन्धित यस्ता थुप्रै घटनाहरु छन्, जसले धेरैलाई चकित पारेको छ । यस्तै चकित पारिदिने अर्को घटना सार्वजनिक भएको छ । घटना भारतको राजस्थानको हो ।

राजस्थानको सिरोहीमा ज्वाईं र सासुबीच प्रेम बस्यो । यी दुई एक–अर्काको प्रेममा यति लिप्त भए कि दुबैजना घरबाट भागे । ज्वाईंविरुद्ध ससुराले सासु भएको भन्दै उजुरी दर्ता गरेका छन् । प्रहरीले उजुरी दर्ता गरेर यी दुईको खोजी कार्य गरेका छन् ।

भारतीय स वास्तवमा सिरोही जिल्लाको अनादरा थाना क्षेत्रको सियांकारा गाउँमा बस्ने रमेश जोगीले थानामा गएर रिपोर्ट दर्ता गरेका छन् । उनले प्रहरीलाई उनकी छोरीका श्रीमान् (ज्वाईं) ले उनकी श्रीमती (सासु) लाई भगाएको भन्दै उजुरी दिएका छन् । रमेशले दिएको जानकारी अनुसार छोरीको विवाह नजिकैको मामावली गाउँमा बस्ने नारायण जोगीसँग भएको थियो ।

सुरुमा रक्सी पिए र सासुलाई भगाए

ज्वाईं नारायण ३० डिसेम्बरमा रक्सीको बोतल लिएर ससुराली पुगेको बताइन्छ । यहाँ नारायणले ससुरा रमेशसँग बसेर रक्सी पिए । रमेशका अनुसार अत्यधिक नसामा भएका कारण उनी निदाए । उनी भन्छन्, ‘बेलुका चार बजे आँखा खुल्दा मेरी श्रीमती र ज्वाईं नारायण घरमा थिएनन् । मैले सबैतिर उनीहरुलाई धेरै नै खोजेँ । तर केही पत्ता लाग्न सकेन । ’

यसबारे अनादरा थाना अधिकारी बलभद्र सिंहले भने, ‘रमेशकी श्रीमती ज्वाईंसँग ३० डिसेम्बरमा गायब भएकी थिइन् । रमेशले १ जनवरीमा श्रीमती हराएको भन्दै जानकारी दिएका छन् ।’

उनका अनुसार ज्वाईं नारायणले उनकी श्रीमतीलाई ललाई फकाई गरी आफ्नो साथमा लिएर गए । उजुरी दर्ता गरिएको छ । प्रहरीको टोलीले उनकी श्रीमती र ज्वाईंको खोजी गरिरहेको जानकारी दिएको छ ।

ज्वाईंका पनि छन् तीन सन्तान, सासु पनि चार सन्तानकी आमा

ज्वाईंसँगै हराएकी सासु तीन छोरी र एक छोरीकी आमा हुन् । सबैको विवाह भइसकेका ेछ । यस्तै, ज्वाईं नारायणको पनि तीन सन्तान छन् । नारायणले आफूसँग एक छोरी पनि लिएर गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने