2026-10-12 12:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालबाट ६ महिनामा झण्डै पाँच करोडको सेनिटरी प्याड भारत निर्यात

माघ १०, काठमाडौँ | चालु आर्थिक वर्षको ६ महिनामा नेपालले चार करोड ८२ लाख ७१ हजार रुपैयाँ बराबरको सेनिटरी प्याड निर्यात गरेको छ। 

नेपालले एक करोड ७९ लाख ९२ हजार २५२ थान सेनिटरी टावेल प्याड भारत निर्यात गरेको हो। 

त्यस्तै, एक लाख ६ हजार रुपैयाँ बराबरको एक हजार दुई सय ५५ केजी न्यापकिन भारत निर्यात गरेको छ। 

११ करोड ८५ लाख ७० हजार रुपैयाँ बराबरको एक करोड ८० लाख ५६ हजार ८४० थान डाइपर पनि निर्यात गरेको छ। 

नेपालले चालु आवको पहिलो महिनामा मात्रै २९ लाख १७ हजार रुपैयाँको ११ लाख नौ हजार थान सेनिटरी प्याड निर्यात गरेको थियो। उक्त महिना एक करोड ५५ लाख २९ हजार रुपैयाँको २४ लाख ४० हजार ७६५ थान डाइपर पनि निर्यात भएको थियो। 

नेपालबाट हरेक वर्ष सेनिटरी प्याड, डाइपर तथा न्यापकिन पेपर निर्यात भइरहेको भन्सार विभागको तथ्यांकले देखाएको छ। 

गत आर्थिक वर्ष नेपालले बंगलादेशमा समेत सेनिटरी प्याड निर्यात गरेको देखिन्छ। उक्त वर्ष बंगलादेशमा १८ हजार रुपैयाँको दुई हजार थान सेनिटरी प्याड निर्यात गरेको तथ्यांकले देखाउँछ। 

गत आर्थिक वर्ष भारतमा पनि तीन करोड ५१ लाख ३९ हजार रुपैयाँको एक करोड १९ लाख २८ हजार २६४ थान सेनिटरी प्याड निर्यात गरेको थियो। 

८ करोड ६१ लाख ३४ हजार रुपैयाँको एक करोड १३ लाख ५७ हजार ५८० थान डाइपर निर्यात भएको थियो। 

आर्थिक वर्ष २०७७/७८ मा पनि एक करोड ६१ लाख ४८ हजार रुपैयाँको सेनिटरी प्याड भारत निर्यात भएको थियो। उक्त वर्ष पाँच करोड ३७ लाख ३० हजार रुपैयाँको डाइपर निर्यात भएको थियो। 

आर्थिक वर्ष २०७६/७७ मा एक करोड ९ लाख ७० हजार रुपैयाँका  ४२ लाख ७९ हजार ३६४ थान सेनिटरी प्याड भारत निर्यात गरेको देखिन्छ। 

आर्थिक वर्ष २०७५/७६ मा एक करोड ८६ लाख ११ हजार रुपैयाँको ७७ लाख ७८ हजार ३९७ थान सेनिटरी प्याड निर्यात भएको थियो। 

आर्थिक वर्ष २०७४/७५ मा तीन करोड ४४ लाख २१ हजार रुपैयाँको १६ करोड ११ लाख ८ हजार ६६ थान प्याड निर्यात भएको छ। 

आर्थिक वर्ष २०७३/७४ मा तीन करोड २९ लाख ७ हजार रुपैयाँको एक करोड ६१लाख १९ हजार २२० थान निर्यात भएको थियो। 

आर्थिक वर्ष २०७२/७३ मा २० लाख २५ हजार रुपैयाँको ३ लाख ८ हजार २८० थान प्याड रुस निर्यात भएको तथ्यांकमा उल्लेख छ। 

सो वर्ष भारतमा ७ करोड ५२ लाख ८२ हजार रुपैयाँको तीन करोड ९४ लाख ७१ हजार ११६ थान भारत निर्यात भएको थियो। 

आर्थिक वर्ष २०७१/७२ मा पाँच करोड ४ लाख ३९ हजार रुपैयाँको दुई करोड २७ लाख १६ हजार ५८० थान प्याड निर्यात भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी