2026-07-26 08:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीपलाई राष्ट्रिय टीममा फर्काउन आईसीसीको ‘ग्रीन सिग्नल’

माघ १०, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टीममा फर्काउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले रोकावट नगर्ने भएको छ । आइसीसीले ‘नेपालको कानूनअनुसार मिल्ने भए’ खेलाउन अनुमति दिएको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बताए ।

‘आईसीसीले नेपालको कानूनअनुसार खेलाउन मिल्ने भए केही बाधा छैन भनेको छ । तर, यहाँ फेरि सरकारी वकिलले सर्वोच्चमा मुद्दा हाल्ने कुराहरू सुनिएका छन् । त्यसैले हामीले अझै निर्णय लिएका छैनौं,’ उनले भने ।

जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान लामिछानेलाई गत हप्ता पाटन उच्च अदालतले २० लाख धरौटीमा रिहा गरेको थियो । जेलमुक्त भए पनि उनलाई विदेश भ्रमणमा अदालतले रोक लगाएको छ । प्रहरीले पक्राउ गरेपछि सन्दीपलाई क्यानले अनिश्चितकालीन निलम्बन गरेको थियो । सन्दीप रिहा भए पनि क्यानले निलम्बन फुकुवा गर्न बाँकी छ ।

अदालतले सन्दीपलाई क्रिकेट खेल्न रोक लगाएको छैन । नेपालको कानूनअनुसार पनि उनलाई राष्ट्रिय टीमबाट खेल्न कुनै बाधा नरहेको सन्दीपका वकिलहरु बताउँछन् । विदेश जान रोक लगाइएकाले उनले देशबाहिर हुने खेलहरू भने तत्काल खेल्न सक्दैनन् । तर, नेपालभित्रै हुने खेलमा भने सन्दीपलाई खेलाउँदा समस्या नहुने तर्क उनका वकिलहरूको छ ।

क्यानले सन्दीपलाई खेलाउन मिल्ने वा नमिल्ने विषयमा कानुनी परामर्श गरिरहेको छ । तर, निष्कर्षमा पुग्न सकेको छैन । सन्दीपको विषयमा निर्णय लिन नसक्दा आउँदो महिना हुने त्रिकोणात्मक सिरिजका लागि टीम घोषणा र बन्द प्रशिक्षण्मा पनि ढिलाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली