2026-06-19 07:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कानून मन्त्रीलाई प्रधानमन्त्रीको चेतावनीपछि सत्तामा हलचल

माघ ११, काठमाडौँ ।  नेपाल संघीयता, गणतन्त्र, धर्म निरपेक्षतासहितको शासन व्यवस्था अवलम्बन गरेको मुलुक हो । तर, अझैपनि यस व्यवस्थाबारे पक्ष–विपक्षमा बहस एवं छलफल हुँदै आएका छन् ।

बहुमत दलहरु पक्षमा रहेपनि केही दलहरु यसको खारेजीकै विषय उठाउँदै आएका छन् । संविधान कानून मान्छु भन्दै कानूनको प्रचलित व्यवस्था टेकेर दल दर्ता गरेको राप्रपा र त्यहि कानून अनुसार मन्त्री बनेका व्यक्तिले नै शासन व्यवस्थाविरुद्ध अभिव्यक्ति दिइरहेका छन् ।


मन्त्रीहरु नै व्यवस्थाविरुद्ध बोल्न थालेपनि सरकारको लक्ष्य र कानून कार्यान्वयनमै प्रश्न उठेको छ ।

यस्तो अवस्थाले आफूलाई संघीयताको जननी मान्ने माओवादी केन्द्र र संघीयता खारेजीको मुद्दा बोक्ने राप्रपाबीचको सत्ता गठबन्धन र सहकार्य समयक्रमसँगै थप बोझिलो बन्दै जाने देखिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री बनेका ध्रुवहादुर प्रधानले संघीयता खारेजीको मुद्दालाई पार्टीले विस्तारै कार्यान्वयनमा लैजाने प्रयत्न गर्ने बताएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले स्पष्टीकरण सोध्ने बताएका छन् ।

राष्ट्रियसभा बैठकमा संघीयताबारे सरकारको धारणा माग गरिएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्मा बसेर संघीयताविरोधि अभिव्यक्ति दिन नपाइने भन्दै स्पष्टीकरण सोध्ने बताएका छन् ।

राष्ट्रियसभा बैठकमा कांग्रेस संसदीय दलकी प्रमुख सचेतक अनिता देवकोटा र एकीकृत समाजवादीकी सांसद जयन्ती राईले संघियताबारे सरकारको धारणा माग गरेका थिए ।

मन्त्री प्रधानले एक अन्तरवार्ताको क्रममा संघीयता खारेजीका निम्ति अधिकत्तम प्रयास गर्ने बताएपछि सरकारको धारणा माग गरिएको थियो ।

संघीयता कार्यान्वयनमा समस्या पैदा भएपनि कार्यान्वयन गर्नुको विकल्प नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले आफ्नै क्याबिनेटका मन्त्री प्रधानलाई स्पष्टीकरण सोध्ने भन्दै आक्रामक सुनिएका छन् । तर, सत्ता साझेदार दल राप्रपाका सांसद समेत रहेका प्रधानविरुद्ध कदम चाल्नु प्रचण्डका लागि श्रेयकर हुन्छ नै भन्ने अवस्था भने छैन् ।

अझं विधिको शासनका लागि सबैभन्दा बढी उत्तरदायी हुनुपर्ने मन्त्रालयका मन्त्री नै यस्तो अभिव्यक्ति दिनुले कानून कार्यान्वयनमा समस्या पैदा हुनेमा आशंका देखिन्छ ।

यतिमात्रै होइन संघीयताबारे चलेका पक्ष विपक्षका बहस छलफलले यसको औचित्यतामाथि प्रश्न उठ्दै आएको छ । प्रचण्ड नेतृत्वको सरकारमा सहभागी राप्रपाले आफ्नो राजनीतिक एजेण्डा नै संघीयता खारेजी लगायतका विषय भएपनि संघीयता कार्यान्वयन र यसबारे प्रष्ट कानून बनाउने स्थानमा पदभार ग्रहण गरेका मन्त्रीबाटै संविधान विरोधी अभिव्यक्ति आउनुले सरकारको भूमिका र योजनामाथि थप आशंका पैदा हुने पक्का छ ।

संघीयता खारेजी हुने नहुने विषय सार्वभौम जनताको अधिकार भएपनि सरकारमा सहभागी दलबाटै संघीयता खारेजीको विषय उठ्नु राजनीतिक संक्रमणकाललाई निम्तो दिनु सरह हुने टिप्पणी राजनीतिक विश्लेषकहरुको छ ।

स्वार्थ बाझिने गरि छरपष्ट मन्त्रीहरु नियुक्त भएका बेला मन्त्रीहरु बेलगाम अभिव्यक्तिमा उत्रिनु राजनीतिक संकट पैदाको नजिक रहनु हो ।

यस्तो अवस्थामा प्रधानमन्त्रीको स्पष्टीकरण र त्यसपछिको राजनीतिक वातावरण कस्तो बन्ला ? यो हेर्न भने केही समय कुर्नैपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ