२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फुटबल खेलमा पहिलो पटक देखाइयो ह्वाइट कार्ड, के हाे ह्वाइट कार्ड?

२०७९, १२ माघ बिहीबार ०६:४२

माघ १२, काठमाडौँ | फुटबलमा पंहेलो कार्ड र रातो कार्डबारेमा त सबैलाई जानकारी छ। तर पोर्चुगलको महिला लिग फुटबलमा रेफ्रीले आफ्नो गोजीबाट पहिलो पटक विश्व फुटबलमा नयाँ प्रयोग गर्दै ह्वाइट कार्ड देखाएका छन्।


सेतो कार्ड पोर्चुगिज क्लब बेन्फिका र स्पोर्टिङ लिस्बनबीचको महिला कपको क्वाटरफाइनल खेलमा देखाइएको हो। हाफ टाइमभन्दा ठिक अघि बेन्फिका ३-० ले अघि रहेको थियो। त्यही समयमा रेफ्रीले ह्वाइट कार्ड देखाउने निर्णय गरेका थिए। कार्ड निकाल्नासाथ स्टेडियममा उपस्थित दर्शकले रेफ्रीका लागि ताली पड्काएर सम्मान गरेका थिए।

के हो व्ह्वाइट कार्डको मतलब?

पोर्चुगलले नेसनल प्लान फर इथिक्स एन्ड स्पोर्टस् (पिएनइडी) ले एक नयाँ योजना अघि सारेको छ। यसको अर्थ ह्वाइट कार्ड फेयर प्लेका लागि दिइन्छ।

पोर्चुगलको फुटबल फेडेरेसनले पायलट प्रोजेक्टको सुरु गरेको हो। जब दुई टिम आपसमा खेल भावनाका साथ खेल्नेछन् तब रेफ्रीले ह्वाइट कार्ड देखाउन सक्ने छन्।

किन पर्‍याे ह्वाइट कार्डको जरुरी?

बेन्फिका र स्पोर्टिङ लिस्बनको बीच भएको खेलको दौरान उपस्थित एक समर्थक बिमारी भएर बेहोस भएका थिए। स्थिति सम्हाल्नका लागि दुवै तर्फका मेडिकल टिम समर्थक भएको ठाउँमा पुगेका थिए।

उनीहरूले समर्थकलाई त्यही मेडिकल ट्रिटमेन्ट दिएका थिए। मेडिकलको तारिफमा रेफ्रीले सेतो कार्ड देखाएका हुन्। जसले ठूलो मात्रामा समर्थकको मन जित्न सफल रह्यो। उक्त खेलमा बेन्फिकाले ५-० को जित निकाल्यो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने