2026-09-21 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नियुक्तिविना नै क्रिकेट टीमको प्रशिक्षणमा खटाइए मोन्टी देसाई

माघ १५, काठमाडौँ | मोन्टी देसाईले नेपाली राष्ट्रिय क्रिकेट टीमलाई प्रशिक्षण दिन थालेका छन् । औपचारिक रुपमा नियुक्त नभई उनले आइतबारदेखि राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षण सम्हालेका हुन् ।

देसाइको नियुक्ति प्रक्रिया राष्ट्रिय खेलकुद परिषदमा अड्किएको छ । अहिले उनले नेपाल क्रिकेट संघ (क्यान) को आग्रहमा राष्ट्रिय टीमको प्रशिक्षण सम्हालेको क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले बताए ।

‘क्यानबाट उहाँलाई हामीले प्रशिक्षकको रुपमा राखेपमा सिफारिस गरेका छौं । त्यहाँबाट स्विकृति आएपछि उहाँ औपचारिक रुपमा हाम्रो मुख्य प्रशिक्षकको रुपमा रहनु हुनेछ’, उनले भने ।

खेल नजिकै आइसकेकाले तत्काललाई क्यानको आग्रहमा टीमको प्रशिक्षण सम्हालेको उनले बताए ।

नेपाली राष्ट्रिय क्रिकेट टीमले फागुन २ देखि ९ गतेसम्म त्रिवि क्रिकेट मैदानमा नामिबिया र स्कटल्यान्डसँग आईसीसी पुरुष क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखला खेल्दैछ । जहाँ नेपालले चार खेल खेल्नेछ । त्यसका लागि केही दिनअगाडि क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो