२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुगुमा भूकम्पको हल्लाले रातभर जाग्राम

२०७९, १६ माघ सोमबार ०९:११

माघ १६, काठमाडौँ | कर्णालीका मुगु, हुम्ला, जुम्लालगायतका स्थानीय भूकम्प आउने हल्लाका कारण रातभर जाग्राम बसेका छन् । मुगु जिल्लामा केन्द्र बिन्दु भएर भूकम्प आउने हल्लाले मुगुलगायत आसपासका स्थानीय रातभर घर बाहिर जाग्राम बसेका हुन् ।

केही दिनअघि बाजुरा केन्द्र बिन्दु बनाइ भूकम्प गएको थियो । त्यही भूकम्पको त्रासमा रहेका कर्णालीवासी आइतबार राति २ बजे ‘भूकम्प आउँदै छ’ भन्ने हल्लाका कारण रातभर घरबाहिर चिसोमा बसेका हुन् ।

‘राति २ बजेपछि भूकम्प आउँदै छ’ भन्ने हल्ला गाउँभरी फैलिएपछि त्रसति भएका सदरमुकाम गमगढीका स्थानीय प्राविधिक कार्यालय, खाद्य संस्थान र महाकाली नमुना माध्यमिक विद्यालयको खुल्ला चौरमा आगो तापेर रातभर जाग्राम बसेका थिए ।


गलत सूचनाका कारण माघको चिसोमा दूधे बालक काखमा च्यापेर घरबाहिर बस्न बाध्य भएका स्थानीय गलत सूचना दिनेलाई सम्बन्धित निकायले खोजी गरी कारवाही गर्नुपर्ने बताउँछन् । 

गलत सूचनाले सामाजिक रूपमा मात्रै नभएर मानसिकरुपमा पनि नकारात्मक असर गर्ने भएकाले सम्बन्धित निकाय त्यस्ता व्यक्तिलाई खोजी कारवाही गर्नुपर्ने नेपाल रेडक्रस मुगुका मन्त्री रत्नसिंह मल्लले बताउनभयो ।

यसैबीच भूकम्प आउने हल्लाका कारण स्थानीय त्रसित भएपछि छायाँनाथ रारा नगरपालिका विपद् व्यस्थापन शाखाले भ्रमको पछि नलाग्न आग्रह गरेको छ । नगरपालिकाका प्रमुख विष्णुकुमार भामले भूकम्प आउने पूर्व सूचना नहुने भएकाले गलत हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ । 

बीस वर्षअघि ‘रारा ताल फुट्ने’ भन्दै हल्ला फैलाइएपछि रारा ताल आसपासका स्थानीय भागेर अग्ला–अग्ला स्थानमा गएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन