३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महोत्तरीको पर्यटकीय पूर्वाधार विकासले गति लिँदै

१७ माघ २०७९, मंगलवार ०३:३६

माघ १७, महोत्तरी | बर्दिबास नगरवासी अहिले पर्यटकीय पूर्वाधार विकासको कामले गति लिन थालेपछि उत्साहित भएका छन् ।

मधेश प्रदेश सरकार र बर्दिबास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिले जिल्लाको पूर्वाधार विकासमा उच्च प्राथमिकता दिन थालेको छ ।  मधेसकै प्रसिद्ध धार्मिकस्थल बर्दिबास–४ माइस्थानस्थित पञ्चधुरामाई मन्दिर परिसर र बर्दिबासकै रातु नदी पश्चिमको जग्गामा प्रदेश सरकारसमेतको सहयोगमा रामजानकी ‘फनपार्क’ निर्माण हुने घोषणाले अहिले नगरवासी हौसिएका हुन् ।

“जिल्लाको समस्त चुरे पर्वत श्रेणी ओगटेको हाम्रो ठाउँमा प्राचीन धरोहर बेवारिसजस्तै छन्”, बर्दिबास–५ चेरुका भोगेन्द्रराज पौडेलले भन्नुभयो, “अहिले बर्दिबास नगरपालिका र प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका क्षेत्रमा पूर्वाधार विकासका काम अघि बढाइने घोषणा गरेपछि अब केही हुन्छ कि भन्ने आश जागेको छ ।”

नगरपालिकाले प्रसिद्ध धार्मिकस्थल पञ्चधुरामाई मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने घोषणासाथ काम अघि बढाएको छ । मन्दिर परिसरको तलाउको स्तरोन्नति तथा मन्दिर परिसरको सौन्दर्य वृद्धिका लागि निर्माणको आइतबार शिलान्यास समेत भएको छ ।  

नगरपालिकाले मन्दिर परिसरको तलाउ व्यवस्थित गर्नेदेखि मनोरम वाटिका निर्माण गर्ने नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बताउनुभयो । “हामी अति प्राचीन पञ्चधुरामाई मन्दिर परिसरलाई सिङ्गो मधेस प्रदेशले नै गर्व गर्न सक्ने गरी काम अघि बढाउँछौँ”, उहाँ भन्नुहुन्छ, “यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाउन मन्दिरको आठ कठ्ठा क्षेत्रफलमा सुन्दर वाटिका निर्माण गरिने छ ।” नगरप्रमुख क्षेत्रीसँगै नगरको संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष हीरालाल गौतमले अब पर्यटन प्रवद्र्धनका क्षेत्रमा योजनाबद्ध काम थालिने उल्लेख गर्नुभयो ।

नगरमा संस्कृतिको जगेर्ना र पर्यटकीय सम्भावनाको विकास गर्न नै नगरपालिकाले नगर क्षेत्रका संस्कृतिविद्, पर्यटन व्यवसायी र स्थानीय उद्यमीलाई सम्मिलित गरेर संस्कृति तथा पर्यटन प्रवद्र्धन समिति गठन गरेको नगरप्रमुख क्षेत्रीको भनाइ छ । 

“अहिले रु ९० लाख विनियोजित छ, यसबाट तलाउ व्यवस्थापनमा रु ४० र वाटिका निर्माणमा रु ५० लाख खर्च गरिने छ”, नगरप्रमुख क्षेत्री भन्नुहुन्छ, “रकमकै अभावमा पञ्चधुरामाई मन्दिर परिसरको सौन्दर्य वृद्धिको योजना अलपत्र पर्न दिँदैनौँ ।” यसका लागि प्रदेश र सङ्घीय सरकारसँग आवश्यक थप सहयोग जुटाउन प्राथमिकता दिइएको  समितिका अध्यक्ष गौतम बताउनुहुन्छ ।

पूर्वपश्चिम राजमार्गबाट उत्तरतर्फ करिब दुई किलोमिटर वन क्षेत्र छिचोलेर पुगिने पञ्चधुरामाई मन्दिर वन र लताकुञ्जभित्र अत्यन्त मनोरम छ । मन्दिर परिसरकै तलाउमा एक दशक अघिसम्म जस्तोसुकै प्रचण्ड गर्मीमा पनि पानी सुक्दैनथ्यो र सदावहार कमल ढकमक्क फुलेको देखिन्थ्यो । तर पछिल्ला केही वर्षयता वन विनास र अन्य प्राकृतिक प्रकोप तथा व्यवस्थापकीय बेवास्ताले तलाउ हिउँदमै सुकेर खण्डहरझैँ बन्ने गरेको माइस्थान बस्तीका रामजी पौडेल बताउनुहुन्छ । आदिकालकै यो मन्दिर परिसरको सौन्दर्य वृद्धिको काम घोषणा गरिएअनुरुप बढे मधेसको मात्र नभएर छिमेकी मुलुक भारतका पर्यटकका लागि पनि प्रमुख गन्तव्य हुने बर्दिबासवासी बताउँछन् ।

पञ्चधुरा मन्दिर परिसरसँगै यसैपालि रातु पुलवारि पूर्वपश्चिम राजमार्गबाट दक्षिणतर्फ रामजानकी ‘फनपार्क’ निर्माण हुने नगरप्रमुख क्षेत्रीको भनाइ छ । नगरपालिकाले ३० बिघा जग्गा व्यवस्था गरेर बनाइने यो रामजानकी ‘फनपार्क’ का लागि मधेस प्रदेश सरकारले नगरलाई रु दुई करोड १५ लाख उपलब्ध गराइसकेको क्षेत्रीले जानकारी दिनुभयो । मिथिलापुत्रीमात्र नभएर राष्ट्रकै विभूति सीता (जानकी) र हिन्दू परम्परामा मर्यादा पुरुषोेत्तम मानिने श्रीरामका नाममा निर्माण हुने यो पार्कका लागि थप सहयोग जुटिरहेको बर्दिबास नगरपालिकाले जनाएको छ । अहिले तत्काल सुरु गरिन लागेका यी दुवै योजना नगरको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हुने नगरप्रमुख क्षेत्री बताउनुहुन्छ ।

पूर्वपश्चिम सरदर १८ र उत्तरदक्षिण ३० किलोमिटर दूरीभित्रको बर्दिबास नगर क्षेत्र महोत्तरीको चुरे पर्वत श्रेणी छुने एकमात्र स्थानीय तह हो । यहाँ पञ्चधुरामाई मन्दिरका अतिरिक्त आदिकालदेखिका धार्मिकस्थल टुटेश्वरनाथ र राईमण्डल धार्मिक क्षेत्र छन् । टुटेश्वरनाथ शिवलिङ्गको ख्याति मधेस र सीमावर्ती भारतका आठ–दश जिल्लामा छ । महाशिवरात्रि र साउने मेलामा यहाँ लाखौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् ।

त्यसैगरी आदिकालमा स्वर्गका राजा इन्द्रले तपस्या गरेर इन्द्रेश्वर महादेवको शिवलिङ्ग स्थापना गरेको मानिने राईमण्डल धार्मिक क्षेत्र छ । यी धार्मिकस्थलबाहेक कालापानीस्थित लक्ष्मीनारायण मन्दिर, कामेश्वर मन्दिर, बर्दिबास रङ्गशाला, कालापानी वनवाटिका, कारेभोगटे ‘पिकनिकस्पट’ (वनभोजस्थल) र गत वर्षमात्रै बनेको रातु नदी किनारको मित्रपार्क पर्यटकीय सम्भावनाका ठाउँ मानिन्छन् । यी ठाउँको विकासमा आवश्यक पूर्वाधार थप्दै लान सकिए बर्दिबास सुन्दर र रोजाइको पर्यटकीय गन्तव्यका रूपमा विकसित हुने बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले बताउनुभयो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड