2026-07-25 03:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अल्पकालीन ब्याजदर घट्दै, २८ दिनको ट्रेजरी बिलको डिस्काउन्ट रेट ६ प्रतिशतभन्दा तल

माघ १८, काठमाडौँ | बैंकिङ प्रणलीमा तरलता सहज भएसँगै अल्पकालीन ब्याजदर क्रमशः घट्दै गएको छ । गत १० साउनमा ९१ दिन अवधिको ट्रेजरी बिलमा १३.९९९८ प्रतिशसम्म ब्याजदरमा बोलकबोल पेश गरेका बैंकहरुले अब भने ब्याजदर घटाउँदै लगेका छन् ।

नेपाल राष्ट्र बैंकले ८.५ प्रतिशत बैंकदर कायम राख्दा पनि १७ माघ बिहीबार २८ दिन अवधिको ट्रेजरी बिल न्यूनतम ५.३७ प्रतिशत डिस्काउन्ट रेटमा नै बैंकहरुले बोलकबोल पेश गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । मंगलबार २८ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल भएकोमा डिस्काउन्ट रेट औसत ५.९० प्रतिशत कायम हुँदा अधिकतम ७.४५ प्रतिशत कायम भएको छ ।

यस्तै मंगलबार नै ९१ दिन अवधिको ५ अर्ब १० करोडको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल भएकोमा त्यसको ब्याजदर पनि अघिल्लो साताको भन्दा घटेको छ । गत साता १० माघमा ९१ दिनको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट ९.८१७२ प्रतिशत रहेकोमा मंगलबार घटेर ९.१८७९ प्रतिशतमा झरको छ । मंगलबार ९१ दिनको ट्रेजरी बिलको डिस्काउन्ट रेट अधिकतम १०.०४९१ प्रतिशत र न्यूनतम ८.२४६६ प्रतिशतसम्म कायम भएको छ ।

१८२ दिन र ३६४ दिन अवधिको ट्रेजरी बिलको ब्याजदर भने अझै पनि दोहोरो अंकमा रहेको छ । यसले बैंकहरु छोटो अवधिका लागि तरलता सहज भएपनि केही महिनामा नै तरलतामा दबाब पार्नसक्ने विश्लेषणमा रहेको देखाउँछ । मंगलबार १८२ दिनको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुँदा औसत डिस्काउन्ट रेट १०.३६८४ प्रतिशत कायम भएको छ । जसका लागि बैंकहरुले अधिकतम ११.०७ प्रतिशत र न्यूनतम ९.०९५७ प्रतिशत ब्याजदरमा बोलकबोल पेश गरेका थिए ।

मंगलबार नै राष्ट्र बैंकले ३६४ दिन अवधिको ट्रेजरी बिल बोलकबोल गरेर ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । जसको औसत डिस्काउन्ट रेट १०.३७१५ प्रतिशत कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । उक्त ट्रेजरी बिलमा बैंकहरुले अधिकतम १०.७१८७ प्रतिशत र न्यूनतम ९.५०५९ प्रतिशत ब्याजदरकबोल गरेको राष्ट्र बैंकले जनाएको छ ।

ट्रेजरी बिललाई छोटो अवधिको ब्याजदर कता जाँदैछ भनेर हेर्न आधारको रुपमा पनि लिने गरिन्छ । एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र नै ट्रेजरी बिल हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

गत आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासपछि बैंकिङ प्रणालीमा देखिएको तरलता अभवासँगै सरकारी ऋणपत्रको ब्याजदर दोहोरो अंकमा पुगेको थियो । पछिल्लो समय बैंकहरुको आधारदर सँगै बेसरेटमा भएको वृद्धिले कर्जाको माग नहुनु र निक्षेप बढ्दै जाँदा बैंकहरुमा तरलता सहज अवस्थामा छ । १६ माघमा बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८६.४६ प्रतिशत छ । यस्तै अन्तर बैंक ब्याजदर ४.०९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक