2026-08-22 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘फोन पे’ले ल्यायो इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने सुविधा

माघ २१, काठमाडौँ | अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट नभएको अवस्थामा पनि रकम भुक्तानी गर्न मिल्ने सुविधा ‘फोन पे’ले ल्याएको हो । शुक्रबार यहाँ सम्पन्न एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा निलम ढुङ्गानाले नयाँ ‘प्रडक्ट’को उद्घाटन गर्नुभयो । 

उहाँले फोन पेको अफलाइन फिचरको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो । “यो नवीनतम सोचका लागि सम्बद्ध सबैलाई धन्यवाद र शुभकामना दिन चाहन्छु”, उहाँले भन्नुभयो, “क्यूआरको लोकप्रियता दिन प्रतिदिन बढ्दै गइरहेको परिप्रेक्षमा फोन पेको अफलाइन फिचर कोशेढुङ्गा सावित हुनेमा विश्वास व्यक्त गर्दछु ।” 

नेपाल राष्ट्र बैंकले पनि विद्युतीय भुक्तानीका लागि कार्ययोजना बनाएर अघि बढेको भन्दै उहाँले यसवर्ष सम्पूर्ण बैंक तथा वित्तीय संस्थाले कम्तीमा एउटा विद्युतीय भुक्तानी साक्षरता कार्यक्रम गर्नुपर्ने बताउनुभयो । फोन पेको फिचरमा ग्राहकले इन्टरनेटको प्रयोगबिना भुक्तानी गर्न सक्ने भएकाले ठूलो जनसङ्ख्यालाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्ने उहाँको भनाइ छ ।

राष्ट्र बैंकको ‘लेस क्यास इकोनोमी’ बनाउने अभियान साकार पार्न यसले मद्दत गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । फोन पेको अफलाइन भुक्तानीलाई अझै अगाडि बढाएर सबैसामु पु¥याउन बैंक तथा वित्तीय संस्थाले भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको फोन पेका सीईओ दिवश सापकोटाले बताउनुभयो । 

फोन पेले अनलाइनबाट गिफ्ट दिन मिल्ने नयाँ सुविधा ल्याएको छ । फोन पेले सार्वजनिक गरेका नवीनतम फिचरले डिजिटल भुक्तानीलाई ग्राहक र व्यवसायका लागि अझै सरल, छिटो र सुरक्षित बनाउने विश्वास लिएको छ । फोन पेले विगत तीन वर्षदेखि डिजिटल भुक्तानीको क्षेत्रमा काम गर्दै आइरहेको छ । फोन पेमा अहिलेसम्म रु एक करोड ६० लाख प्रयोगकर्ता जोडिएका छन् भने ११ लाखभन्दा बढी व्यवसाय तथा ६० भन्दा बढी बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो