असोज ४, न्युयोर्क | कराते प्रशिक्षक शान्तबाबु थोकर तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा निर्वाचित भएका छन्। गत सेप्टेम्बर १८ तारिख आइतबार न्युयोर्कको ज्याक्सन हाइटमा स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ४, न्युयोर्क | कराते प्रशिक्षक शान्तबाबु थोकर तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा निर्वाचित भएका छन्। गत सेप्टेम्बर १८ तारिख आइतबार न्युयोर्कको ज्याक्सन हाइटमा स"/>

2026-09-08 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा कराते प्रशिक्षक थोकर निर्वाचित

असोज ४, न्युयोर्क | कराते प्रशिक्षक शान्तबाबु थोकर तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा निर्वाचित भएका छन्। गत सेप्टेम्बर १८ तारिख आइतबार न्युयोर्कको ज्याक्सन हाइटमा सम्पन्न आठौं अधिवेशनले थोकरको नेतृत्वमा ११ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरेको हो। अधिवेशनअघि अध्यक्षको दावेदारी गर्दै आएका चलचित्रकर्मी अमृत लामा प्रथम उपाध्यक्ष चयन भएका छन्।

न्युयोर्क र आसपासमा रहेका दुई सय १६ जना सदस्य सहभागी अधिवेशनले सृजना लामालाई उपाध्यक्ष र अमर तामाङलाई महासचिव चयन गरेको छ। यस्तै छिरिङ योञ्जन सचिव र नाम्गेल लामालाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ।  संचालक समति सदस्यहरुमा राम तामाङ, प्रविण लामा, सानु कुमारी लामा र मैना लामा निर्वाचित भएका छन्। बाँकी दुई सदस्यको अध्यक्षले मनोनित गर्ने छन्।  

निर्वाचित कार्यसमितिलाई आइतबार नै प्रमुख निर्वाचन आयुक्त ङिमा पाख्रिनले पद तथा गोपनियताको सपथ गराए। यसैबीच नवनिर्वाचित अध्यक्ष शान्त थोकरले आफ्नो कार्य समितिको पहिलो काम न्युर्योकमा संस्थाको कार्यालय सञ्चलन र तामाङ भाषा, धर्म सम्बन्धी शिक्षा कार्यक्रम सुरु गर्नु रहेको जनाए। 

तामाङ भाषा र धर्म सम्बन्धी शिक्षा कार्यक्रम सञ्चालनका लागि आफ्नो माताहतमा रहेको इन्टरनेसनल मार्शल आर्ट एशोसिएशन न्युयोर्कको (कराते प्रशिक्षण स्थल) हल उपलब्ध गराउने घोषणा गरेका छन्। 

यस्तै शान्तले तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्रलाई सन् २०१८ भित्र शिलन्यास गर्ने जनाएका छन्। “स्वदेश तथा विदेशमा रहेका तामाङहरुको स्तरोन्नतीमा सहयोग पुर्याउनु र तामाङ सस्कृतिको जगेर्ना गर्नमा नै मेरो ध्यान केन्द्रित रहने छ।” दुई वर्षे कार्यकालका लागि अध्यक्ष चयन भएका शान्तले उत्तर अमेरिकामा रहेका सबै तामाङबीचमा साझा सञ्जाल बनाउने, तामाङ सोसाइटी अफ अमेरिकाको नेतृत्वमा विश्व तामाङ सम्मेन आयोजना गर्ने र अन्तर्राष्ट्रिय तामाङ सञ्जाल बनाउने योजना सुनाए । 

तामाङ भाषा अनलाइन कक्षा, तामाङ विद्यार्थी छात्रवृत्ति कोष स्थापना, नेपालमा लोकसेवा आयोग परीक्षाको तयारीमा रहेका तामाङहरुका लागि शैक्षिक छात्रवृत्ति, तामाङ आकास्मिक कोष स्थापना गर्ने लक्ष्य उनले बनाए।

न्युयोर्कमा बहुप्रचारित तामाङ सांस्कृति तथा बौद्ध केन्द्रको लागि अतिरिक्त कोष संकलन गर्न अमेरिका तथा अन्य मुलुकमा तामाङ सस्थाहरु बीचमा समन्वय गर्ने उनको योजना छ। सन् २००८ देखि २०१० सम्म सोसाइटीमा महासचिव जिम्मेवारी निभाएका शान्त थोकर अमेरिकी कराते महासंघबाट दोहोरो ए लाइसेन्स प्राप्त करातेका छैटौ डान हासिल गरेकाइन्टरनेसनल मार्शल आर्ट एशोसिएशन न्युयोर्कका  प्रमुख प्रशिक्षक हुन्। अमेरिकामा कराते पाठशाला सञ्चालन गर्ने अहिलेसम्म उनी एक्लो नेपाली पनि हुन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो