2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यास नपाद्वारा छ करोड राजस्व सङ्कलन

माघ २९, तनहुँ । तनहुँको व्यास नगरपालिकाले छ महिनाको अवधिमा करिब साढे छ करोड राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को साउनदेखि पुससम्म आन्तरिक आयतर्फ रु छ करोड चार लाख ९६ हजार पाँच सय ८० राजस्व सङ्कलन गरेको हो । 

नगरपालिकाले आन्तरिक स्रोतबाट रु २२ करोड ६० लाख राजस्व सङ्कलनको लक्ष्य राखेकामा छ महिनामा २८.४५ प्रतिशत राजस्व सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो । नगरपालिकाले सम्पत्ति कर, मालपोत कर, घरबहाल कर, प्राकृतिक स्रोतसाधनलगायतबाट आन्तरिक आय सङ्कलन गर्दै आएको छ । 

नगरपालिकाले यस अवधिमा सङ्घीय सरकारमार्फत रु ४४ करोड ६२ लाख ५३ हजार चार सय ४५ प्राप्त गरेको छ । सङ्घीय सरकारबाट रु एक अर्ब दुई करोड ४९ लाख ९९ हजार आम्दानी हुने अनुमान गरिएको छ । प्रदेश सरकारबाट रु एक करोड ५९ लाख ४५ हजार ८८ प्राप्त भएको छ । प्रदेश सरकारबाट रु आठ करोड ६९ लाख ५२ हजार आम्दानी हुने नगरपालिकाको अनुमान छ । 

त्यस्तै अन्य बाँकीबाट रु १७ करोड ६८ लाख ९८ हजार चार सय २८ आम्दानी भएको छ । यो शीर्षकबाट रु ३१ करोड ७५ लाख आम्दानी हुने नगरपालिकाको अनुमान रहेको प्रमुख प्रशासकीय अधिकृत नागिलाले बताउनुभयो । छ महिनाको अवधिमा कुल २८.७६ प्रतिशत खर्च भएको छ । चालुतर्फ रु ८७ करोड ४४ लाख ६६ हजार विनियोजन भएकामा रु ३५ करोड ६७ लाख ८८ हजार छ सय ८७ खर्च भएको छ । पुँजीगततर्फ रु ७८ करोड नौ लाख ८५ हजार विनियोजन भएकामा रु ११ करोड ९३ लाख ४१ हजार ७८ खर्च भएको छ । चालुतर्फ ४०.८० र पुँजीगततर्फ रु १५.२८ प्रतिशत बजेट खर्च भएको छ । 

चालु आवमा कुल एक हजार ५३ योजनामा उपभोक्ता समितिमार्फत गरिने एक हजार योजनामध्ये दुई सय ३६ योजनाको कार्यसम्पन्न भएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । चार सय ३३ योजना सम्झौता भई अधुरो रहेको, तीन सय ३२ सम्झौता हुन बाँकी रहेको र ठेक्कामार्फत सञ्चालन हुने ५३ मा कार्यसम्पन्न भएको न्यौपानेले बताउनुभयो । उहाँका अनुसार कार्यसम्पन्न र सम्झौता भएका ६८ प्रतिशत र सम्झौता हुन बाँकी ३२ प्रतिशत छ । 

नगरवासीका असीमित आकाङ्क्षा रहेको र बजेट निर्माण गर्ने समयमा सम्बोधन हुन नसकेका कार्यक्रमलाई वडाको सिफारिस लिई जुनसुकै समयमा पनि नगरपालिकामा माग गर्ने प्रवृत्ति हरेक महिना हुने कार्यपालिका बैठकमा मागका निवेदनको दबाबलाई व्यवस्थापन गर्न कठिनाइ महसुस भएको न्यौपानेले बताउनुभयो । “सबैको क्षमता, परस्पर सद्भावले मात्र अपेक्षित कार्यक्रम अघि बढाउन सकिन्छ र यसका लागि हामी जनप्रतिनिधि एवं कर्मचारी सद्भावपूर्ण सहकार्य आवश्यक छ”, उहाँले भन्नुभयो । 

नगरपालिकाले चालु आवमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उद्योग, युवा, खेलकुद, सूचना र सञ्चारका क्षेत्र, व्यवस्थित बसोबास र भूमि व्यवस्थापन, वातावरण तथा विपद् व्यवस्थापन, पूर्वाधार निर्माणलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको नगरप्रमुख न्यौपानेले बताउनुभयो । नगरपालिकाअन्तर्गत बैरेनी जग्गा विकास आयोजनाका लागि नगर विकास कोषसँग करिब रु नौ करोड ऋण सम्झौता भएको, गत वर्ष नै बहुउद्देश्यीय भवन निर्माणका लागि करिब रु २८ करोडको ऋण सम्झौता भएको, व्यास १० स्थित नारेश्वर ताल प्रदेश सरकारसँगको सहकार्यमा निर्माण प्रक्रिया अगाडि बढेको नगरपालिकाले जनाएको छ । 

व्यास–११ स्थित चिस्यान केन्द्र निर्माण सम्पन्न भई सञ्चालनमा जान लागेको, फोहरमैला व्यवस्थापनका लागि जग्गा खरिद प्रक्रिया अघि बढेको, एकीकृत मादी उपत्यका विकास परियोजनाअन्तर्गत विभिन्न ठाउँमा प्रदेश सरकारको पहलमा करिब रु ३५ करोडको तटबन्धन कार्यक्रम चालु आवमा अगाडि बढेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक