५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘बागमतीको पाँच वर्ष’ सार्वजनिक, के-के गरेछ बागमती प्रदेशले ५ बर्षमा (संक्षेप विवरण सहित)

५ फाल्गुन २०७९, शुक्रबार १३:१५

फागुन ५, काठमाडौँ । बागमती प्रदेश सरकारले पाँच वर्षको अवधिमा गरेका कामको विवरण समेटिएको पुस्तक आज सार्वजनिक गरिएको छ । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सो पुस्तक सार्वजनिक गरिएको हो ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पाँच वर्षे उपलब्धि समेटिएको पुस्तक आज सार्वजनिक गर्नुभयो । पुस्तकमा पाँच वर्षमा गरिएका कामक विवरण समेटिएका छन् । प्रदेश सरकार स्थापना भएदेखि अहिलेसम्मका भएका उपलब्धि समेटेर पुस्तक प्रकाशन भएको मुख्यमन्त्री जम्मकट्टेलले बताउनुभयो ।

प्रदेश सरकारले पाँच वर्षको अवधिमा धेरै काम गरेको र पुस्तकमा छोटकरीरूपमा समेटिएको उहाँले बताउनुभयो । पाँचवर्षे उपलब्धिका बारेमा आम नागरिकलाई जानकारी गराइदिन पनि उहाँले आग्रह गर्नुभयो । विसं २०७४ माघ ३ गतेदेखि प्रदेशको अस्थायी राजधानी तोकिएदेखि अहिलेसम्म प्रदेश सरकारले गरेका कामको विवरण पुस्तकमा समेटिएको छ । प्रदेशका मन्त्रालय नै पिच्छे गरिएका कामको विवरण पुस्तकमा समेटिएको प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाले बताउनुभयो ।

सम्पादित कार्यहरूको संक्षिप्त विवरण

नेपाल सरकारले मिति २०७४ माघ ३ गते प्रदेश नं ३ को राजधानी हेटौँडा तोकी प्रदेश प्रमुख नियुक्त गरेको र सोही वर्षको माघ २८ गते नेपालको संविधानबमोजिम प्रदेश प्रमुखबाट डोरमणि पौडेललाई मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकारको गठन भएको थियो ।

शून्यबाट सुरु भएको प्रदेश सरकार स्थापनाको समयमा सात मन्त्रालय र निकाय रहेकामा हाल ११ मन्त्रालय तथा प्रदेश सरकारअन्तर्गत निकाय एक सय ९८ कायम रहेका छन् । यस प्रदेशभित्र १३ जिल्ला, सङ्घीय निर्वाचन क्षेत्र ३३, प्रादेशिक निर्वाचन क्षेत्र ६६ र तीन महानगरपालिका, एक उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरी जम्मा एक सय १९ वटा स्थानीय तह रहेका छन् । विसं २०७८ को जनगणनाअनुसार बागमती प्रदेशमा पुरूष ३० लाख ३३ हजार पाँच सय ७४ महिला ३० लाख ५० हजार चार सय ६८ गरी कुल ६० लाख ८४ हजार ४२ जनसङ्ख्या रहेका छन् ।

प्रदेश सरकारबाट पाँच वर्षको अवधिमा ७० वटा ऐन संशोधनसमेत, अध्यादेश ११, नियमावली ३३, निर्देशिका पाँच, कार्यविधि ४४, मापदण्ड सात र आदेश १२ गरी जम्मा एक सय ८६ वटा जारी भएको छ । प्रदेशको पहिलो पाँचवर्षे आवधिक योजना निर्माण, कार्यान्वयन र त्यसको अर्धवार्षिक समीक्षा सम्पन्न गरिएको साथै प्रदेशको वस्तुस्थिति विवरण २०७५ तयार गरी तथ्याङ्क उपयोग गरिएको छ ।

सङ्घीय सरकारसँगको समन्वय र सहकार्यमा २० वटा समपूरक र विशेष अनुदानका आयोजना सञ्चालन र नवप्रवर्तन साझेदारी कोषमार्फत ११ वटा स्थानीय तहमा नवप्रवर्तनात्मक परियोजना सञ्चालन गरी स्थानीय तहमा रोजगारी सिर्जना तथा आर्थिक विकासलाई प्रवद्र्धन गरिएको छ ।

यस अवधिमा प्रदेश सुशासन केन्द्रमार्फत बागमती प्रदेशअन्तर्गत प्रदेश र स्थानीय तहमा निर्वाचित, मनोनित तथा नियुक्त पदाधिकारी तथा कर्मचारीका क्षमता विकासतर्फ हालसम्म पाँच हजार एक सय १२ जनप्रतिनिधि तथा आठ हजार एक सय ७४ कर्मचारी गरी कुल १३ हजार दुई सय ८६ लाभान्वित भएका छन् । 

प्रदेशमा आव २०७८/७९ सम्ममा एक लाख ५५ हजार एक सय ७९ उद्योग दर्ता भएको छ । जिल्लामा १० शीतभण्डार निर्माणको कार्यसम्पन्न हुने अवस्थामा रहेको जसबाट १५ हजार आठ सय मेट्रिक टन फलफूल तथा तरकारी भण्डारणमा सहजता हुने छ । एक हजार ४१ सिँचाइ योजना सम्पन्न भई एक लाख ३१ हजार तीन सय ४८ हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध भएको र १६ वटा नदीको नदी नियन्त्रणको गुरुयोजना तयार गरी नदी नियन्त्रणका कार्य सुरु गरिएको छ ।

दुई सय ७६ वटा खानेपानी योजना सम्पन्न भई थप ४६ हजार एक सय ९६ घरधुरीमा आधारभूतस्तरको खानेपानी सेवा पुगेको छ । यस अवधिमा कच्ची सडक सात सय ६१ किमी, ग्राभेल सात सय ७९ किमी, कालोपत्र पाँच सय ३६ किमी, ढलान सडक एक सय ५४ किमी, सडक पुल ६९ वटा र झोलुङ्गे पुल सातवटा सम्पन्न भएको छ ।

सहरी विकास तथा भवन पूर्वाधारतर्फ तीन सय ३० भवन, चार सय ३४ पार्क निर्माण, एक सय ९५ सरकारी कार्यालय मर्मत र दुई हजार ८९ जनता आवास निर्माण सम्पन्न भएका छन् । प्रदेशभित्र पाँच लाख ३८ हजार नौ सय ७५ सवारी दर्ता भएका र एक लाख चार सय ३६ जनाले व्यावसायिक तालिम प्राप्त गरेका छन् ।

युवा उद्यमशीलता विकासअन्तर्गत दुई सय ६० स्वयंसेवक परिचालन, ४३ व्यवस्थित खेलमैदान, जिल्लास्तरीय रङ्गशाला सात, कभर्डहल ३० वटा सम्पन्न भएको छ । सामुदायिक वन तथा अन्य क्षेत्रमा गरी तीन सय ९६ हेक्टरमा कुल छ लाख २२ हजार नौ सय ८५ जडीबुटीको बिरूवा रोपण गरिएको छ ।

बागमती प्रदेशलाई ९७ दशमलव २२ प्रतिशत साक्षरतासहित नेपालकै पहिलो साक्षर प्रदेश घोषणा गरिएको छ । उच्च शिक्षामा महिलाको पहुँच बढाउन स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत पाँच सय ६७ छोरी–बुहारीलाई छात्रवृत्ति प्रदान गरिएको छ । प्रदेशभित्र विभिन्न सूचकका आधारमा २० नमूना विद्यालय स्थापना, दुई सय २१ वटा शैक्षिक परामर्श केन्द्र सञ्चालन अनुमति, ७२ विद्यालयलाई बस सेवा उपलव्ध, तीन सय ३१ माविमा ई–लाइब्रेरी, एक सय ९७ विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना र दुई सय २१ वटा सामुदायिक क्याम्पसलाई सवलीकरण गरिएको छ ।

आधारभूत तहदेखि माध्यमिक तहसम्मका तीन हजार सात सय ८८ जना शिक्षकलाई पेसागत विकास तालिम र नौ हजार २५ जनालाई पुनर्ताजगी तालिम प्रदान गरिएको छ । प्रदेशभित्रका पर्यटकीय पदमार्ग, मठमन्दिर, पार्क, पर्यटन सूचना केन्द्र, पिकनिक घर र होमस्टे गरी ११ हजार पाँच सय ५० स्थानको सवलीकरण र व्यवस्थापन गरिएको छ ।

बागमती प्रदेशको पर्यटन ब्राण्ड नाम स्वीकृति गरी लागू गरिएको साथै जुगल हिमशृङ्खला आरोहण खुला गरी पहिलो आरोहण सम्पन्न गरिएको छ । विद्यालय स्वास्थ्य, सरसफाइ र छात्राको स्वास्थ्य प्रवद्र्धनका लागि एक विद्यालय एक नर्स कार्यक्रम हालसम्म एक सय १९ तहका चार सय ५९ विद्यालयमा कार्यान्वयन गरिएको छ ।

मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम र प्रदेशका १३ प्रादेशिक अस्पतालमा विशिष्टिकृत सेवा सञ्चालनमा ल्याइएको छ । प्रदेश लोकसेवा आयोगबाट सार्वजनिक सेवा प्रवाहका लागि आठ सय २५ विभिन्न पदको विज्ञापनमार्फत परीक्षा सञ्चालन गरी नियुक्तिका लागि सिफारिस भएको छ ।

बागमती प्रदेशको स्थानीय मानव विकास प्रतिवेदन र दिगो विकास लक्ष्यको आधार तथा मार्गचित्र तयार गरिएको छ । तेह्र जिल्लाका जीर्ण प्रहरी चौकी निर्माण गरी सुरक्षाकर्मीका लागि कार्य वातावरण उपयुक्त सिर्जना गरिएको छ । यस अवधिमा प्रदेश सरकार र मातहतका निकायलाई विपक्षी बनाई दायर भएका दुई सय आठ मुद्दामध्ये ७४ मुद्दा किनारा लागिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा