2026-09-20 04:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोल्ती पावरको आईपीओ बिक्री खुला, कसले दिन पाउँछन् आवेदन ?

फागुन ८,  काठमाडौँ | दोल्ती पावर कम्पनीले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । पावरले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गरेर आईपीओ बिक्री खुलाउने भएको हो । कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख रुपैयाँको १० प्रतिशत सेयर बिक्री गर्ने छ । कम्पनीले स्थानीयका लागि ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको ५ लाख ३६ हजार ४८६ कित्ता सेयर बिक्री गर्ने योजना बनाएको छ ।

यसमध्ये, नौमुले र कालिका गाउँपालिकाका स्थानीय वासिन्दाका लागि २ लाख ४८ हजार ३४३ कित्ता सेयर बिक्री हुनेछ । यस्तै, दैलेख जिल्लावासीका लागि २ लाख ६८ हजार २४३ कित्ता सेयर छुट्याइएको छ । सर्वसाधारणतर्फ छुट्याइएको सेयरको १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेकालाई छुट्याइएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरुलाई १ लाख ७ हजार २९२ कित्ता सेयर विनियोजन गरेको छ । कम्पनीले दैलेखमा ४.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो