२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा ३३ दशमलव ५७ अङ्कको वृद्धि

२०७९, १० फाल्गुन बुधबार ११:३८

फागुन १०, काठमाडौँ | नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ५७ अङ्कले बढेर दुई हजार ८० दशमलव ३८ को बिन्दुमा कायम भएको हो । आज दुई सय ६९ वटा कम्पनीको ४७ लाख ७९ हजार सात सय ९६ कित्ता शेयर ३९ हजार नौ सय ९६ पटक खरिद बिक्री हुँदा रु एक अर्ब ८० करोड ३२ लाख ८२ हजार बराबरको कारोबार भएको छ ।

आजको कारोबारपछि लघुवित्त, म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक क्रमशः ६१ दशमलव ५०, शून्य दशमलव ०२ र शून्य दमशलव ०८ अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । आज सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ९६ दशमलव ३६ अङ्क र निर्जीवन बीमा समूहको उपसूचक एक सय ८० दशमलव ८५ अङ्कले बढेको छ । बैंकिङ समूह १६ दशमलव ८३, विकास बैंक समूह ८० दशमलव ५४, वित्त समूह ४८ दशमलव ९० र होटल तथा पर्यटन समूह ९४ दशमलव ९९ अङ्कले बढेको छ । 

त्यस्तै, जलविद्युत् समूह ९६ दशमलव ९२, लगानी समूह एक दशमलव ६३, उत्पादन समूह ७१ दशमलव ९० र अन्य समूह २६ दशमलव २५ अङ्कले बढेको छ ।

छ्याङ्दी हाइड्रोपावर लिमिटेडका शेयर कारोबारीले आज सबैभन्दा धेरै ९ दशमलव ८० प्रतिशतले कमाएका छन् भने आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्ट्रिलरी लिमिटेडको रु १३ करोड २७ लाख ७५ हजार बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ग्लोबल आइएमई बैंकको दुई लाख २७ हजार चार सय ९७ कित्ता शेयर किनबेच भएको   छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो