३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वाणिज्य बैंकहरुले घटाए ऋणको ब्याजदर, कसले कति घटाए ?

२३ फाल्गुन २०७९, मंगलवार ०९:३३

फागुन २३, काठमाडौँ | वाणिज्य बैंकहरुले ऋणको ब्याजदर घटाएका छन् । उच्च ब्याजदरले आक्रान्त भएको भन्दै केही ऋणीहरुले बैंकहरुविरुद्ध आन्दोलनसमेत गरेका थिए । ब्याजदर घटाउन अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसमेत गुहारेका उनीहरुलाई बैंकले ब्याजदर घटाएपछि केही राहत पुग्ने देखिएको छ ।

सानिमा बैंकले आधारदरमा लिने गरेको अतिरिक्त प्रिमियममा २ प्रतिशतसम्म घटाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डेले यसअघि ६ प्रतिशतसम्म प्रिमियम लिने गरेकोमा अब ४ प्रतिशतभन्दा बढी नलिने गरी व्यवस्था गरिएको बताए ।

‘जुन खालको ऋणमा ६ प्रतिशत प्रिमियम थियो । त्यसमा २ प्रतिशत घटेको छ । ५ प्रतिशत भएकोमा १ प्रतिशत घटेको छ र ४.५ प्रतिशत प्रिमियम भएकोमा ०.५ प्रतिशतले घटेको छ’, उनले भने ।

प्रिमियमसँगै ऋणको ब्याजदर पनि केही घटेको छ । अहिले सानिमा बैंकको आधारदर माघ मसान्तसम्मको तथ्यांकअनुसार १०.८५ प्रतिशतसम्म छ । यस आधारमा ४ प्रतिशत प्रिमियम थप्दा बैंकको अधिकतम ब्याजदर १४.८५ प्रतिशतसम्म हुन आउँछ ।

सिटिजन्स बैंकले पनि प्रिमियम घटाएको छ । बैंकका प्रवक्ता नारायण अधिकारीले प्रिमियम घटेको जानकारी दिए ।

सिटिजन्सले आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर लिँदै आएको थियो । उसको आधारदर ११.३९ प्रतिशत छ । उसले २ प्रतिशतसम्म प्रिमियम घटाएको जनाएको छ ।

त्यस्तै एभरेष्ट बैंकले १ प्रतिशत प्रिमियम घटाएको छ । उसले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याज लिँदै आएको थियो । एभरेष्टको आधारदर ९.८६ प्रतिशत छ ।

बैंकहरुले प्रिमियम घटाएसँगै ब्याजदर पनि घट्ने संकेत दिएका छन् । प्रिमियम घटाएका बैंकहरुले ऋणीलाई ब्याजदर घटेको जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’