१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वैदेशिक शिक्षाका नाममा ७ महिनामा पौने ४४ अर्ब बाहिरियो

२९ फाल्गुन २०७९, सोमबार ०९:१४

फागुन २९, काठमाडौँ | चालु आर्थिक वर्षको ७ महिनामा सेवातर्फको खर्च बढेको छ । केन्द्रीय बैङ्कका अनुसार साउनदेखि माघ महिनासम्ममा सेवातर्फ कुल ३२ अर्ब २४ करोड रुपैयाँ आर्जन हुँदै गर्दा उता ६२ अर्ब ५७ करोड रुपैयाँ बराबरको खर्च बाहिरिन पुगेको हो ।  जसबाट आर्थिक वर्षको ७ महिनामा नै मुलुकलाई ३८ अर्ब ५५ करोड रुपैयाँ बराबरको घाटा लाग्न पुगेको छ । यद्यपि, समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण आय १०७.४ प्रतिशतले र भ्रमण व्यय ५६.६ प्रतिशतले वृद्धि भएको हो । 

अघिल्लो वर्ष यस्तो आय/व्यय क्रमशः १५ अर्ब ५४ करोड रुपैयाँ र ३९ अर्ब ९६ करोड रुपैयाँले घाटमा रहँदा कूल घाटा ५५ अर्ब ९ करोड रुपैयाँ पुगेको थियो । 

एब्रोड स्टडीका नाममा पौने ४४ अर्ब बाहिरियो 

केन्द्रीय बैंककाअनुसार चालु आर्थिक वर्षको ७ महिनामा वैदेशिक शिक्षा (एब्रोड स्टडी) का नाममा मात्र पौने ४४ अर्ब रुपैयाँ बराबरको नगद बाहिरिएको छ । समीक्षा अवधिमा सेवातर्फको खर्चमा नेपालबाट विभिन्न देशमा गरी कूल ४३ अर्ब ७४ करोड रुपैयाँ बाहिरिएको हो ।  अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३९ अर्ब ९६ करोड रहेकोमा शिक्षातर्फको व्यय २२ अर्ब ६० करोड रुपैयाँ रहेको थियो । तुलनात्मक रुपमा यसवर्ष शिक्षातर्फको खर्च ९३.५४ प्रतिशतले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता