आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै कारोबार?

Posted on: 03 Apr, 2023

चैत २०, काठमाडौँ | साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन आइतबार प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदी २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!