१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विश्व धनी सूची: विनोद चौधरीको सम्पत्ति एक वर्षमै ३० करोड डलर बढ्यो

२२ चैत्र २०७९, बुधबार ०८:२७

चैत २२, काठमाडौं | अर्बपति विनोद चौधरीको  एक अर्ब ८० करोड डलर पुगेको छ।

फोर्ब्स म्यागेजिनले विश्वकै धनीहरुको सूची सार्वजनिक गरेको छ।  फोर्ब्स म्यागजिनका अनुसार चौधरीको सम्पत्ति एक वर्षमा ३० करोड डलर बढेको हो। सन् २०२२ मा उनको सम्पत्ति एक अर्ब ५० करोड डलर थियो। फोर्ब्सको सूची अनुसार चौधरी संसारका एक हजार ६४७ औं धनी व्यक्ति हुन्। उनी नेपालका एक्ला अर्बपति हुन्।

अर्बपति चौधरी गत मंसीर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा नवलपरासी (बर्दघाट पश्चिम) बाट निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेसका नेता हुन्। यसअघि उनी नेकपा (एमाले) बाट संविधान सभा सदस्य बनेका थिए। फोर्ब्स म्यागजिनका अनुसार एलन मस्कलाई उछिन्दै बेनार्ड अर्नाल्ट र उनको परिवार विश्वकै धनी दरिएको छ। फ्रान्सको उक्त परिवारको लगानी फेशन र रिटेलमा रहेको छ।

उनीसँग २११ अर्ब बिलियन सम्पत्ति रहेको जनाइएको छ। सन् २०२२ मा पहिलो नम्बरमा रहेका एलन मस्क यसपल्ट दोस्रोमा झरेका छन्। उनीसँग १८० अर्ब डलर सम्पत्ति रहेको छ।

सन् २०२१ मा २१९ अर्ब डलर रहेका उनले यस वर्ष घाटा व्यहोरेका हुन्। अमेरिकाका जेफ बेजोस तेस्रो नम्बरमा पुगेका छन्। प्रविधिमा लगानी रहेका उनले पनि यसवर्ष हानी व्यहोरेका छन्। 

यसैगरी चौथो नम्बरमा जेप बेजोन्स रहेका छन्। उनीसँग १०७ अर्ब डलर सम्पति रहेको छ। पाँचौंमा वारेन बफेट १०६ अर्ब डलर, छैटौं बिल गेट्स १०४, सातौं माइकल ब्लुमबर्ग ९४.५ अर्ब, आठौं कार्लोस स्लिम हेलु र परिवार ९३ अर्ब, नवौं भारतीय व्यवसायी मुकेश अम्बानी ८३.४ अर्ब र दशौंमा स्टेभ बालमेर ८०.७ अर्ब सम्पत्तिसहित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल