साताको दोस्रो दिन घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै कारोबार?

Posted on: 31 Jul, 2023

साउन १५, काठमाडौं | साताको दोस्रो दिन सुनको मूल्य घटेको छ ।

सोमबार बजारमा छापावाल सुन तोलामा ३ सयले घटेर १ लाख १२ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार मात्रै प्रतितोला १ लाख १२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार प्रतितोला १ लाख १२ हजार ३५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलामा १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसै गरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । यस दिन बजारमा चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँ कायम भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!