अमेरिकी डलरको मूल्य बढ्यो, कस्तो छ अन्य मुद्राको विनिमय दर

Posted on: 16 Sep, 2023

भदौ ३०, काठमाडौँ | नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ८० पैसा र बिक्री दर १३३ रूपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ६७ पैसा र बिक्री दर १४२ रूपैयाँ ३१ पैसा रहेको छ।   

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ १२ पैसा र बिक्री दर १६५ रूपैयाँ ८७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४२ पैसा र बिक्री दर ३६ रूपैयाँ ५९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!