आज नेपाली बजारमा १४०० ले घट्यो सुनको मूल्य

Posted on: 28 Sep, 2023

असोज ११, काठमाडौँ | नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला १४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो छापावाल सुन मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो |

आयात कोटा बढाउँदा र अन्तर्राष्ट्रिय बजारमै भाउ घट्दा नेपालको बजारमा सुनको मूल्य घटेको हो । बुधबार केन्द्रीय बैंकले सुन आयात कोटा १० किलोबाट २० किलो पुर्‍याउन परिपत्र जारी गरेको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!