३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रौतहट ट्राफिक प्रहरीको सक्रियता, आठ दिनमा छ लाख बढी राजश्व संकलन

१८ जेष्ठ २०८१, शुक्रबार १२:०५

जेठ १८, रौतहट |  रौतहटस्थित ट्राफिक प्रहरी कार्यालयले नियमविपरीत चलेका सवारी चलाकलाई कारबाही गरेर ८ दिनभित्र ६ लाख रुपैयाँ भन्दाबढी राजश्व संकलन गरेको छ।

जेठ ९ गते देखि लिएर १७ गतेसम्ममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा सवारी नियमविपरीत चलेका सवारी चालकलाई कारबाही गरेको हो।


ट्राफिक प्रहरीले ५२५ सवारी साधनलाई कारबाही गरेर जरिवाना स्वरूप ६ लाख ३ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको  जिल्ला प्रहरी  रौतहटका प्रवक्ता एवम् डिएसपी एलिजा गिरीले बताएकी छिन्।

पछिल्लो समय रौतहटस्थित ट्राफिक प्रहरीको सक्रियताले राजश्व संकलनमा वृद्धि हुनुका साथै सवारी दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन्।

हाल जिल्ला सदरमुकाम गौर, गरुडा, सुकदेव चौक, बम नहर, चन्द्रनिगाहपुर, बागमती, डुमरिया, मौलापुर, विजयपुरलगायत ग्रामीण भेगमा समेत ट्राफिक प्रहरी क्रियाशिल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड