धापासीमा ठडिएको १८ तले 'पार्क भ्यू होराइजन अपार्टमेन्ट' कुन बेला कता ढल्ला झैं लाग्छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... धापासीमा ठडिएको १८ तले 'पार्क भ्यू होराइजन अपार्टमेन्ट' कुन बेला कता ढल्ला झैं लाग्छ । 
2026-10-13 12:55 AM
अर्थ/विकास

स्थानीय भन्छन् – ‘सरकार छ र यो देशमा ?’ (तश्विर/भिडियो सहित)

साउन २, काठमाडौँ | काठमाडौँको धापासीमा ठडिएको १८ तले ‘पार्क भ्यू होराइजन अपार्टमेन्ट’ कुन बेला कता ढल्ला झैं लाग्छ । 

कार्यालय र आवास गृहका लागि बनाइएको यो व्यावसायिक भवन ढलेमा नजिकका धेरै घरलाई क्षति पुर्याउने गम्भीर खतरा छ । पहिलो पटकको भूकम्पमा बढी क्षति पुगेको सो भवन दोस्रो पटकको भूकम्पमा पुनः भत्किन पुग्दा अहिले प्राङ्गण आसपासमा जान डरलाग्दो भएको छ । एक स्थानीयका अनुसार भवन भित्र अहिले जाँदा पनि तर्साउने बताउँछन् | उनि भन्छन ‘बाहिरबाट यसरी ठडिएको देखिन्छ भित्र गयो भने अहिले पनि भूकम्पले हल्लिएर धुजा-धुजा भएका सिमेन्ट र इट्टाहरु खसेर तर्साउँछ । अपार्टमेन्टले पश्चिमतर्फका अधिकांश स्थानीयहरुलाई दिनरातै डरनै डरमा बाच्न बाध्य बनाएको छ । स्थानीय भन्छन – ‘संधै हेरिन्छ, आफैतिर ढल्कँदै आएको जस्तो लाग्छ, दिन-रात डराएर बस्न बाध्य छौँ ।’ 

कहिले हावाहुरी आउँदा सिमेन्टका टुक्राहरु आसपासका घरमा समेत पुग्छन् । स्थानीय प्राथना गर्दा रहेछन् – ‘हे भगवान ठूलो हावा नचलोस् ।’ डर अपार्टमेन्ट भत्किन्छ कि भन्ने नै हो । अपार्टमेन्टकै अगाडी घर भएका एक स्थानीयका अनुसार अल्जजिरादेखि देशका ठूला मिडियासम्मले यस अपार्टमेन्टको बिषयमा प्रसारण गर्दा पनि सरकार मौन छ । उनले आक्रोश पोख्दै भने ‘सरकार छ र यो देशमा ?’ उनको अनुसार यो अपार्टमेन्ट कसरी पास भयो त्यसैमा शंका छ । सामान्यतया अपार्टमेन्टहरू भत्कँदा त्यसका अवशेषहरू त्यसैको कम्पाउण्डभित्र रहनुपर्छ। तर यो अपार्टमेन्टले वरपरको जनजीवनलाई कहालीलाग्दो बनाएकाको छ । एउटा २ तलाको घर बनाउँदा बिभिन्न बहानामा पास गर्न नमान्ने सरकारी निकायहरुले यो अपार्टमेन्ट कसरी पास गरे भन्नेमै स्थानीय सशंकित छन् । 

शहरी विकास तथा भवन निर्माण विभागले यो अपार्टमेन्टमा अति जोखिमपूर्ण जनाउने रातो स्टीकर टाँसेको थियो । तर एकाएक यो भवनलाई अहिले बस्न मिल्ने भन्दै हरियो स्टिकर दिएर पुन: निर्माण गर्न सकिने स्वीकृति दिईएको छ । स्थानीयका अनुसार पहिलो कुरा त ११ ताला मात्र बनाउने भनेर ढाटियो तर १८ तले बनाएर आफैमा अपार्टमेन्ट निकै खतरापूर्ण बनाइयो, भूकम्पले अपार्टमेन्टको ७०% भाग चर्किएपछि अब बनाउने कि भत्काउने बिबाद जारी छ । 

आधा भन्दा बढी अपार्टमेन्ट बिकिसकेको अवस्थामा भूकम्प गएपछि बिबाद चुलिएको बताइएको छ । अपार्टमेन्ट किन्नेहरुलाई पुन: बस्न मिल्ने बनाएर हस्तान्तरण गर्ने पक्षमा कम्पनी छ तर पहिले बस्नै नमिल्ने भन्दै रातो स्टिकर टासिएको अपार्टमेन्टमा बस्न मान्दैनन् किन्नेहरु । यहिनै मुख्य बिबादको बिषय रहेको बुझिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम