१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दिलकुमार बने सफल व्यावसायिक किसान

८ पुष २०७५, आईतवार ०८:५०

पुस ८, तेह्रथुम रासस |  पूर्वी नेपालका लिम्बू समुदायका धेरै युवामा रोजगारीका लागि भारत, सिङ्गापुर र बेलायती सेनामा जागिर खाने र लाहुरे बन्ने सोख हुन्छ। । यो समुदायका लागि सेनामा जागिर खानु इज्जतकै रुपमा पनि लिइने भएकाले पनि धेरैको यस्तै सपना हुन्छ । कतिपयले त्यो सपना पूरा गर्छन् तर धेरैको अधुरै पनि हुन्छ । 

त्यस्तै सपना थियो तेह्रथुमका लालीगुराँस नगरपालिका–९ स्थित सोल्मा सिजेपुरका दिलकुमार लिम्बूको पनि तर उहाँको त्यो सपना पूरा हुन सकेन । लाहुरे बन्ने सपना टुटेपछि अहिले उहाँले गाउँमा परिवारसँगै बसेर व्यावसायिकरूपले गाईपालन गरी नमूना किसानको पहिचान बनाउनुभएको हो । बत्तीस वर्षे युवा दिलकुमारले अहिले गाउँमै ‘याङहिङवाङ गाई फार्म’ चलाएर वार्षिक रु १२ लाख बढी आम्दानी गर्दै आउनुभएको छ । 

विसं ०७२देखि शुरु गरिएको उहाँको फार्ममा अहिले छ वटा उन्नत जातका दुधालु गाई र त्यति नै बाच्छी पनि छन् । ‘‘लाहुरे बन्ने रहरले उमेरमा पढ्न पढिएन”, उहाँ भन्नुहुन्छ, “उमेर बितेपछि बुद्धि पलाएकाले स्वदेशमै बसेर काम गरेँ र यसबाट पनि नाम तथा दाम दुबै कमाउन सकिने रहेछ ।” उन्नति परियोजनाले म्याङलुङमा चलाएको गाईपालन सम्बन्धी तालीममा सहभागी भएपछि आफूलाई व्यावसायिकरूपले गाई पाल्न प्रेरणा मिलेको दिलकुमार बताउनुहुन्छ । 

शुरुमा इलामबाट पाँचवटा गाई ल्याएर फार्म खोल्नुभएका उहाँकोे अलैँचीखेती पनि छ । “गाई फार्मका लागि शुरुमा करीब रु १० लाख लगानी गरी फार्म दर्ता गरेपछि कृषि विकास बैंकले रु पाँच लाख ऋण दियो, बाँकी अलैँची बेचेर लगानी गरेँ”, दिलकुमार भन्नुहुन्छ । 

अहिले गाईका लागि उन्नत जातको घाँसको खेती पनि उहाँ आफैँले गर्नुभएको छ । यस्तो खेती गाउँमा थोरैको मात्र छ, मैले घाँसको बीउ पनि उत्पादन गरेको छु,’ उहाँ भन्नुहुन्छ, “अहिले घाँसको बीउबाट पनि मनग्ये आम्दानी हुन थालेको छ । 

आफूले गोरखा, तनहुँ र चितवनसम्म पुगेर पनि उन्नत जातका घाँसको बीउ सङ्कलन गरेको र सो बीउ अहिले गाउँमा लोकप्रिय छ । सबैले आफैले उमारेको घाँसको बीउ खरीद गरेर लैजाने गरेका दिलकुमार बताउनुहुन्छ । उहाँको फार्मबाट अहिले दूधमात्र दैनिक ४० लिटर बिक्री हुन्छ र मासिक ५० हजार बढी आम्दानी हुने गरेको छ । 

यो वर्ष घाँसको बीउ बेचेर रु १० लाख भन्दा बढी आम्दानी भएको उहाँ बताउनुहुन्छ । फार्मका लागि आवश्यक सामग्री ओसारपसार र दूध ढुवानीका लागि समस्या भएपछि अहिले दिलकुमारले गाई फार्मकै आम्दानीबाट किस्तामा रु २२ लाखको गाडी समेत किन्नुभएको छ । 

अहिले गाडीबाट पनि मासिक ७० हजारभन्दा बढी आम्दानी भइरहेको उहाँ बताउनुहुन्छ । गाई फार्मदेखि घाँसखेती र दूध ढुवानीसम्म दिलकुमार आफै खटिनुहुन्छ । उहाँको गाई फार्म र गाडीमा गरेर अन्य तीन जनालाई रोजगारी समेत मिलेको छ । गाई फार्म, अलैँचीखेती, घाँस र गाडीबाट गरी यो वर्षमात्रै उहाँको रु २४ लाख बढी आम्दानी भएको छ । 

“सबै खर्च कटाएर पनि आफूले मासिक रु एक लाख बढी आम्दानी गरिरहेको छु । मेहनत गरे स्वदेशमै पनि मनग्ये कमाइ गर्न सकिने रहेछ । अहिले त लाहुरे नभएकैमा स्वाद लाग्न थाल्यो ।” उहाँ भन्नुहुन्छ, “जिल्लामा एउटा सफल र नमूना युवा व्यावसायिक कृषकको रुपमा परिचय बनाउनुभएका दिलकुमार अहिले आफ्नो जातीय लोकसंस्कृतिको संरक्षण र उत्थानमा पनि लाग्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल