३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गणेश हिमाल तराई यातायातको गाडी सञ्चालनमा

६ श्रावण २०७७, मंगलवार ०७:३९

साउन ६, बनेपा। कोभिड–१९ को प्रभावका कारण भएको बन्दाबन्दीले बन्द रहेको सार्वजनिक सवारीसाधनमध्ये गणेश हिमाल तराई यातायातले काभ्रेपलाञ्चोकमा सेवा दिन थालेका छन् । सरकारले जिल्लाभित्र मात्रै भौतिक दूरी कायम राख्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था गरेर सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाउने निर्णय गरेसँगै काभ्रेपलाञ्चोक जिल्लामा गणेश हिमाल तराई यातायात प्रालिले बिपी राजमार्गको बनेपा–भकुण्डे–नेपालथोक सडकखण्डअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लाको सिमाना आँपघारीसम्म सेवा दिन थालेका हुन् ।

प्रालिका अध्यक्ष आत्माराम थापाले सरकारले तोकेको मापदण्डभित्र रहेर सञ्चालन गर्ने गरी बस सञ्चालन गरी सेवा दिन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै बस पूर्णरुपमा चलेका छैनन्, तर हामीले जिल्लाभित्रका रुटमा असार २७ गतेबाट अलिअलि भए पनि निरन्तर सञ्चालन गर्न थालेका छौँ ।” 

काभ्रेपलाञ्चोक जिल्लामा रहेको पाँच वटा यातायात प्रालिमध्ये चार वटा समितिले भने महासङ्घले गरेको निर्णयअनुसार आगामी साउन ८ गतेबाट मात्रै सेवा दिने जनाएको छ । 

काभ्रे यातायात समन्वय समितिले भने यातायात महासङ्घले गरेको निर्णयअनुसार यही साउन ८ गतेबाट मात्रै सार्वजनिक यातायात सञ्चालन गर्न सबै यातायात प्रालिलाई आग्रह गरेको छ । काभ्रे यातायात समन्वय समितिका अध्यक्ष एवं सिन्धु–हेलम्बु यातायात प्रालिका अध्यक्ष राजेशकुमार श्रेष्ठले जिल्लामा रहेको पाँच वटा समितिले महासङ्घले गरेको निर्णयअनुसार मात्रै सेवा दिने तयारीमा रहेको बताउनुभयो । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारसँग यसअघि गरेको छलफलमा भाडादरमा ७५ प्रतिशत वृद्धि गर्नुपर्ने र अन्तर जिल्ला सञ्चालन गर्न पाउनुपर्नेलगायतको विषयमा थप छलफल भइरहेकाले आगामी ८ गतेदेखि सञ्चालनमा ल्याउने तयारीमा रहेको बताउनुभयो । गाडी मर्मत गर्ने, मजदूरको कोरोना बीमाको लागि प्रक्रिया अगाडि बढाउने र कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै मजदूरका लागि बनेपामा ३० श्याको क्वारेन्टिन बनाउने तयारीमा काभ्रे यातायात समन्वय समिति जुटिरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । रासस 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान