३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागमती प्रदेश सरकारका योजना सम्पन्न

१८ असार २०७८, शुक्रबार ०५:०३

असार १८, भादगाउँ (रासस)। बागमती प्रदेश सरकारको विकास निर्माणका योजनाअन्तर्गत मध्यपुरथिमिमा विभिन्न योजना सम्पन्न भएका छन् भने केही सम्पन्न हुने चरणमा छ । प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठको पहलमा भएका विकास निर्माणकार्यअन्तर्गत मध्यपुरथिमि–४ स्थित बालकुमारी उकालोबाट इकुडोल वप्पामार्गको सुधारकार्य सम्पन्न भएको छ । बागमती प्रदेश सशर्त अनुदान कार्यक्रमअन्तर्गत रु २५ लाख लागतमा बाटो ढलान गर्ने काम सम्पन्न गरिएको उक्त मार्ग सुधार उपभोक्ता समितिका अध्यक्ष प्रदीपजामन श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी मध्यपुरथिमि–२ को टिआइटीआइबाट वडा कार्यालय जाने १० मिटर चौडा बाटोमा ठूलो पाइपको ढल बिछ्याएको छ । करिब ४५० मिटर लामो उक्त बाटोमा उपभोक्ता समितिबाट करिब रु सात लाख सङ्कलन गरी ढल राखिएको समितिका अध्यक्ष हेमराज गौतमले बताउनुभयो । उहाँले सो बाटोमा नगरस्तरीय बजेटमार्फत आगामी वर्ष कालोपत्र गर्ने लक्ष्य राखिएको बताउनुभयो । 

प्रदेशको सशर्त अनुदान कार्यक्रमअन्तर्गत नै मध्यपुरथिमि–१ लोकन्थलीका विभिन्न भित्री बाटोमा ढुङ्गा छाप्ने काम सम्पन्न भएको छ । लोकन्थलीको गणेशमार्गका भित्री तीन फिटदेखि आठ फिट चौडाका बाटोमा करिब रु २५ लाखको लागतमा ढुङ्गा छाप्ने काम सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष शिवहरि प्रजापतिले जानकारी दिनुभयो । गत वर्ष सो क्षेत्रका बाटोमा ढुङ्गा छाप्ने काम भएको थियो । ढुङ्गा छपाइकार्यले स्थानीय केही बासिन्दाको घरभित्र वर्षायाममा पानी पस्ने समस्या हल भएको स्थानीयवासी रोशनभक्त श्रेष्ठले बताउनुभयो ।

प्रदेश सरकारकै आर्थिक सहयोगमा मध्यपुरथिमि नगर क्षेत्रभित्र एक दर्जन बढी ठाउँमा सडकको स्तरोन्नति, व्यवस्थित ढल निकास, अतिविपन्न आवास निर्माणदेखि नारायणविलाश जोशी स्मृति भवनको निर्माण अन्तिम चरणमा पुगेको प्रदेशसभा सदस्य डा श्रेष्ठले बताउनुभयो । प्रदेश सरकारकै सशर्त अनुदान कार्यक्रमअन्तर्गत मध्यपुरथिमिमा निर्माण भइरहेका अतिविपन्न आवास कार्यक्रमअन्तर्गत चारवटा एततले घरको समेत निर्माण सम्पन्न भएको डा श्रेष्ठले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै